नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड इण्डीया भ्रमण गरेर फर्किएका छन् । प्रचण्ड फर्किए पनि उनको इण्डीया भ्रमणलाई लिएर विभिन्न कोणबाट चर्चा परिचर्चा चलिनैरहेकोछ ।प्रचण्डको इण्डीया भ्रमणको चर्चा चलिरहनुको कारण भने उनले इण्डीयाका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न नपाउँनु हो ।

 

 

 

अन्तिम समयमा आएर प्रधानमन्त्री मोदीसँग भेट गर्न नपाए पछि निर्धारित समय भन्दा पहिलेनै उनी नेपाल फर्किएका थिए । मोदीले किन भेटेनन् प्रचण्डलाई भन्ने बिषयमा विभिन्न व्यक्तिहरुले विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरेका छन् ।

 

 

 

परराष्ट्रविद हरिण्यलाल श्रेष्ठले भने प्रचण्डको इण्डीया भ्रमणको बिषयमा फरक तरिकाले विश्लेषण गरेका छन् । प्रचण्डको भ्रमणनै ठूलो डिजाइन अन्तर्गत भएको भन्दै श्रेष्ठले यस भित्रको भित्री खेल र खेलाडीहरुको बिषयमा नयाँ र रोचक खुलासा गरेका छन् ।ओटिभी नेपाल डटकमसँगको कुराकानीमा परराष्ट्रविद श्रेष्ठले फसाउँनैका लागी आरजुले प्रचण्डलाई इण्डीया पुर्याएको दाबी गरेका छन् ।

 

 

 

केहि समय अघि नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा भाजपाको कार्यालयमा पुगेको बिषयमा चर्को विरोध भए पछि प्रचण्डलाई पनी भाजपाको मुख्यालयमा पुर्याएर आरजुले निकै चतुर्यारी गरेको दाबी श्रेष्ठको रहेको छ ।

 

 

 

विजय चौथाइसँगको बालुवाटारको राखी कुटनितीबाट सुरु भएर आरजुकै खेलमा देउवा भाजपाको कार्यालय हुँदै बनारस सम्म पुगेको स्मरण गर्र्दै परराष्ट्रविद श्रेष्ठले देउवा दिल्लीसँग लम्पसार परेको पार्टीको

 

 

 

अफिसमै गएको भन्दै आलोचना भए पछि प्रचण्डलाई पनि त्यहाँ पुर्याएर मुछ्नका लागी आरजुरलेनै खेल खेलेको उनको भनाइ छ ।प्रचण्डलाई मोदीले भेट नदिएको कारण भने सार्वजनिक रुपमा प्रचण्डले १९५० को सन्धी पुरनावलोकनको मुद्धा र इपीजीको रिपोर्टको बिषय उठाए पछि नभेटेको हुने सक्ने उनले बताए ।

 

 

 

मोदीका लागी कर्णप्रीय आवाज प्रचण्डले नउठाएको भन्दै भेट नदिएको कारण मध्ये एक कारण त्यो भएको उनको भनाइ छ ।मोदीले भेट नदिएर प्रचण्डलाई तिमी हाम्रो एक नम्बरको प्राथमिकतामा छैनौँ है भन्ने सन्देश पनि दिएको परराष्ट्रविद श्रेष्ठले बताएका छन् ।

 

 

 

 

भाजपाको पहिलो प्राथमिकतामा काग्रेस रहेको सन्देश पनि मोदीले दिएको उनको भनाइ छ । माओवादीलाई काग्रेसको जुनियर पार्टनरको रुपमा मात्रै इण्डीयाले हेरेको श्रेष्ठले बताए ।इण्डीयाको रवैया नेपाल प्रती सँधै हेपाह खालको रहेको भन्दै श्रष्ठले हाम्रै देशका नेताहरुको कारणले पनि पटक पटक इण्डीयाले यस्तो काम गरिरहेको बताए ।

 

 

 

 

आरजु र प्रचण्ड विच आधा आधा कार्यकाल प्रधानमन्त्री खाने गरि दिल्लीमा पावर सेयरिङको मोडल बनेको कुरा सत्य हुन सक्ने पनि उनले बताएका छन् ।देशको रक्षा गर्नका लागी बामपन्थी दलहरु मिल्नु पर्ने भन्दै उनले निर्वाचन पछि काग्रेसको बहुमत आएमा अहिले रोकिएको एसपीपी पास हुने बताएका छन् ।

 

 

मन्त्री परिषदले निर्णय गरिसक्दा पनि एसपीपी चाँहिदैन भनेर अमेरिकालाई देउवा सरकारले पत्र नलेखेको भन्दै उनले चुनाव पछि फेरी देउवाले एसपीपी अघि बढाउँने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय