नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नेगरि गृहकार्यमा जुटेका छन् ।

 

पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि नेतृत्प्रति असन्तुष्ट रहेका नेताहरु नै एमालेमा प्रवेश गर्नको लागि आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ ।

 

नेताहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले एमालेमा जानेगरि तयारी थालेको बुझिएको छ ।

 

यी चार नेताले मन्त्रीबाट पार्टीले फिर्ता बोलाएपछि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका छैनन् ।

 

पार्टीका विभिन्न बैठकमा समेत जान छोडेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच दलीय गठबन्धन कायम राख्ने आगामी संसद्को निर्वाचनमा यही गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेपछि कम्युनिष्ट नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय