भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताउनुभएको छ । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको छु, उहाँले भन्नुभयो,‘म केही गर्छु भनेर आएको छु । बृहत संकल्पसहित आएको छु । म भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु । समानुपातिक विकास मेरो प्रतिवद्धता हो ।’

 

विगतमा महानगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै काम गरेको छैन, दिगो विकासको लक्ष्य अनुसार सामाजिक क्षेत्रमा पनि ठूलो फड्को मारेका छौ–मेयर दाहालले भन्नुभयो ।

 

राम जानकी बालिका आश्रम निर्माणका लागि महानगरपालिकाले ३ कठ्ठा जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरी यसको अगुवाई गरेको मेयर दाहालको भनाई थियो ।

 

देवघाटको एक भवनमा भाडामा बालिकाहरुलाई संरक्षण गर्दै आएको आश्रमलाई भरतपुर महानगरपालिकाले जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै २८ कोठे भवन निर्माणधिन अवस्थमा छन् । भवन निर्माणमा वागमती प्रदेश सरकार र दाताहरुले सहयोग गरेका छन् । भवन निर्माणका लागि करिब २ करोड रुपैयाँ खर्च भइसकेको छ ।

 

बाँकी निर्माण कार्य सम्पन्न गर्न भरतपुर महानगरपालिकाले यस आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने भरतपुुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रतिवद्धता व्यक्त पनि गर्नुभयो ।

 

सो कार्यक्रममा मेयर दाहालले देवघाट क्षेत्रलाई आर्कषक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगरपालिका अगाडि बढेको बताउनुभयो । भरतपुर मेडिकल, पर्यटकीय, शिक्षा, पूर्वाधार क्षेत्रमा धेरै फड्को मारेकाले अब भने धार्मिक क्षेत्रको विकासलाई प्रथामिकतामा राखेको उल्लेख गर्नभयो ।

 

देवघाट क्षेत्र भरतपुर महानगरपालिको गहना भएकाले अब आर्कषक तरिकाबाट यसको विकास गर्नु पर्ने उहाँको धारणा थियो । यो क्षेत्र आफै प्रकृतिक रुपमा सुन्दर छ, अझै सुन्दर बनाउनेतर्फ हामीले योजना तथा कार्यक्रम ल्याएका छौ–उहाँले भन्नुभयो ।

 

देवघाट आवत जावत गर्न वृद्धावृद्धलाई निःशूल्क विद्यातिय बस सञ्चालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीनाथ तिमिल्सिना, नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल, आश्रमका सञ्चालनक, सावित्री टण्डन, रामेश्वर खनाल लगायतले बोल्नु भएको थियो ।

 

नेताले भ्रष्टाचार गरे राजिनामा मात्रै दिएर आम माफी हुनुहुँदैन, कसुर अनुसारको दण्ड सजाय पनि हुनै पर्दछ: हर्क साम्पाङ

सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए। उनले प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए।

 

एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन्। उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए।

 

हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट

 

 

राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन्। विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए। उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छ्न्।

 

अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे। त्यसको केही समयपछि विदेशिनुभएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनी सामाजिक काममा लागे।

 

अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए। तर चर्चा भने कम नै थियो। उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे। सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो।

 

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो। अहिले पनि धरानमा खानेपानी अभाव छ। साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले। खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए। यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए।

 

धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहिरहे। ‘सतिसाल’झँै नागरिकका सानातिना समस्यामा उहाँ आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन्।

 

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ। त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन्। “यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ। तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो। उहाँहरुप्रति धेरै कृतज्ञ छु”, नवनिर्वाचित साम्पाङले भने।

 

विसं २०७४ को स्थानीय तहको चुनावमा उहाँ केवल मतदाता भएर मैदानमा थिए। ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए। भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ। उनी भन्छन्, नेताले भ्रष्टाचार गरे राजिनामा मात्रै दिएर आम माफी हुनुहुँदैन, कसुर अनुसारको दण्ड सजाय पनि हुनै पर्दछ।’

 

उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन्। “धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ”, उनि भन्छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय