धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्ने बताएका छन् ।

 

उनले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ गर्दा विश्वास देखिने उनले बताएका छन् ।

 

पछिल्लो समय लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्तामा घुसपेट हुने गरेको आरोप लाग्दै आएको छ । हर्क साम्पाङले समसामयिक विषयमा आफ्नो विचार सामाजिक सञ्जाल फेसबुक मार्फत राख्दै आएका छन् ।

 

उनले लेखेका छन्– लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ ! नत्र विश्वास नहुने देखिन्छ!

 

र यो पनि

 

२० जेठ, काठमाडौं । बजारमा एक पछि अर्को अत्याधुनिक स्मार्टफोन आएसँगै ब्याट्रीको चार्ज नटिक्ने समस्या पनि बढ्दै गएको छ ।

 

स्मार्टफोन जति धेरै ठूलो तथा बढि फिचर्सयुक्त भयो ब्याट्रीको खपत पनि उति नै बढि हुन्छ । यस्तोमा कम्पनीहरुले उच्च ब्याट्री क्षमतायुक्त फोनहरु बजारमा ल्याइरहेका छन् ।अहिलेसम्म बजारमा ७ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएका केही स्मार्टफोन बजारमा देखिएका छन् ।

 

 

कतिपय स्मार्टफोनमा १० हजार मिलीएम्पियर आवरको ब्याट्री पनि रहेका छन् । तर यी सबै किर्तिमानलाई पछि पार्दै चीनको एक कम्पनीले २१ ह्जार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएको स्मार्टफोन बजारमा ल्याएको छ ।चिनिया ब्राण्ड Oukitelले WP19 नामक स्मार्टफोन सार्वजनिक गरेको छ ।

 

यो स्मार्टफोनमा २१ ह्जार मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ ।यो फोन एकपटक फुलचार्ज गरिसकेपछि केही हप्तासम्म तपाइँले चार्जरको सम्झना नगरेपनि हुन्छ ।यो स्मार्टफोनमा एक पटक पूरा चार्ज गरेपछि १ सय २२ घण्टासम्म लगातार फोन कल गर्न सकिन्छ । साथै एक पटक फुलचार्ज गरेको ब्याट्रीले १ सय २३ घण्टासम्म गीत बजाउन सकिन्छ भने ३६ घण्टासम्म लगातार भिडियो चलाउन सकिन्छ ।

 

त्यस्तै एकपटक एकपटक फोन चार्ज गरेपछि यो स्मार्टफोन खुल्ला राख्दा ९४ दिन अर्थात् २२ सय ५२ घण्टासम्म यसको चार्ज टिक्दछ ।तर यो फोनमा ठूलो ब्याट्री हुनुको घाटा पनि छ । यो फोन पूरा चार्ज हुनका लागि ४ घण्टा लाग्दछ । यसमा २७ वाटको फास्ट चार्जिङ रहेको छ । यो फोनलाई निकै विषम परिस्थितिमा पनि प्रयोग गर्न सकिन्छ ।

 

ध्एज्ञढ स्मार्टफोन वाटरप्रुफ रहेको छ । यसमा ६.७८ इन्चको डिस्प्ले राखिएको छ जसमा फुल एचडी प्लस रिजोलुसन तथा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा मिडियाटेक हिलियो न्ढछ प्रोसेसर राखिएको छ । फोनमा ८ जिबीको र्याम र २५६जिबीको इन्टरनल स्टोरेज दिइएको छ ।

 

पछाडिको भागमा ट्रिपल क्यामरासेटअप रहेको छ । जसमा मूख्य क्यामरा ६४ मेगापिक्सेल छ । त्यस्तै २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको सोनी नाइट भिजन आइआर मोड्युल रहेको छ । त्यस्तै १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

 

यो फोनमा एन्ड्रोइन १२ अपरेटिङ सिस्टम रहेको छ । युरोपमा यो फोनको मूल्य ६सय ९४ युरो तोकिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय