सुनसरी । धरान उपमहानगरका मेयर हर्क साम्पाङ चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका छन्।

 

खानेपानीको साथमा धरानलाई सुन्दर, ब्यवस्थित शहर बनाउनका लागि हर्क साम्पाङले धरान बेस क्याम्प पेट्रोल पम्प देखि भेडेटार सम्मको क्षेत्रमा सवारी रोकेर यात्रुलाई दिशा पिसाब नगराउन सामाजिक संजाल फेसबुक मार्फत सुचना जारी गरेका छन्।

 

मेयर साम्पाङ भन्छन्, ‘धरान बेस क्याम्प पेट्रोल पम्प देखि भेडेटार सम्मको क्षेत्रमा गाढी रोकेर यात्रुलाई दिशा पिसाब नगराउनु होला ! अन्यथा एक लाख सम्मको जरिवाना गराइनेछ।’

 

यसरी मेयर हर्कले फेसबुक स्टाटस लेख्दै यो सुचनालाई बेवास्ता गरे एकलाख सम्म जरिवाना गरिने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय