काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नरहेको बताएका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले विगतको सरकारले जस्तै यो सरकारले पनि गल्ती दोहोर्याएको भन्दै त्यसको प्रतिरक्षा गर्न नसकिने धारणा राखेका हुन् ।

 

सरकारको कामले आगामी निर्वाचनमा मत पाउन नसकिने उनको भनाइ छ । ‘सरकारको कामले मत पाउँछौँ ? हिजो सरकार कसरी चलाउनुपर्छ केपी ओलीलाई भन्यौँ तर आज कसरी चलेको छ देखिरहेका छौं,’ उनले भने, ‘अझै कति रक्षा गर्ने सरकारको ? हामीलाई हिजो हामीले उठाएको प्रश्नले लखेट्छ । त्यसको प्रतिरक्षा गर्न सकिँदैन ।’

 

स्थानीय निर्वाचनमा कांग्रेस एक्लै लड्न सक्छभन्ने मत पार्टीमा रहेको तर केही नेताहरुले सभापति देउवालाई खुसी पार्नका लागि गठबन्धनको पक्षमा वकालत गरेको उनको भनाइ थियो । ‘हामी एक्लै लड्न र बाँच्न सकिन्छ भन्ने साथीहरू हुनुहुन्थ्यो सभापति खुसी बनाउन जे भनियो यसले पार्टी हित हुँदैन,’ उनले भने ।

 

महामन्त्री थापाले संवैधानिक परिषद् तथा भ्रातृ संगठनबारे गरिएको निर्णय समाचारबाट थाहा पाएको भन्दै पार्टी तथा सरकार सञ्चालन गर्नेबारे थाहा हुनुपर्ने धारणा राखे । उनले आफूहरू निर्वाचित महामन्त्री भएको भन्दै सभापतिले जेजे गरे पनि ताली पड्काउन नसक्ने बताए । ‘पार्टी सभापति र अन्यले गरेका कामहरू हामीले बोक्ने मात्र हो ? ताली पड्काउने मात्र हो हाम्रो काम ?’ महामन्त्रीको काम यही हो ? बोक्ने र ताली पड्काउने मात्र हामी होइनौँ,’ थापाले भने ।

 

सरकार कतै सफल, कतै असफल : महामन्त्री शर्माकाठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार केही विषयमा सफल भए पनि केही महत्वपूर्ण विषयमा असफल भएको बताएका छन् । शनिबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले वर्तमान सरकार कोरोना भाइरसविरुद्धको खोप अभियान, एमसिसी तथा स्थानीय चुनावलगायतका विषयमा सफल भएको धारणा राखे ।

 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरेको तर त्यसलाई यो सरकारले एक वर्ष बित्दासमेत सुधार नगरिएको भन्दै महामन्त्री शर्माले सरकारको आलोचना गरे । त्यसैगरी, सुशासनको विषयमा सरकार खरो उत्रन नसकेको तथा संघ र प्रदेशबीच पर्याप्त समन्वय हुन नसकेको उनले बताए । ‘केही महत्वपूर्ण सन्दर्भमा सरकार असफल देखिएको छ । केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो । सरकार गठनको एक वर्ष पुग्दा पनि त्यसलाई सुधारिएको छैन । सुशासनको कतिपय प्रश्नमा सरकार खरो उत्रन नसकेको स्थिति छ,’ संघ सरकार र प्रदेश सरकारबीच पर्याप्त समन्वय हुन सकेको देखिँदैन ।’महामन्त्री शर्माले केन्द्रीय समितिले १६५ संघीय क्षेत्र, प्रदेश कार्यसमितिले ३३० प्रदेश क्षेत्र, जिल्ला समितिले ७५३ एवं संघीय क्षेत्रले ६७४३ वडामा प्रतिनिधि पठाएर नीति अधिवेशन अघि या लगत्तैपछि रास्ट्रव्यापी रूपमा अभियान चलाउनुपर्ने धारणा राखे ।

 

१६५ मध्ये १५ जति तथा ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ ‘प्राइमरी इलेक्सन’ गर्नेबारे छलफल प्रारम्भ गर्नुपर्ने उनको भनाइ थियो । ‘यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा काँग्रेस अरुभन्दा एककदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ उनले भने ।

 

महामन्त्रीहरूलाई देउवाको जवाफ- ‘मलाई धेरै खेद्‌नु पर्दैन, फोन उठाउने गर्नुस्’काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना नगर्न आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरे ।

 

‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो । त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्,’ देउवाले भनेका थिए । महामन्त्री गगन थापाले किसान संघ र जनजाति संघ गठन गर्दा विज्ञप्तिमार्फत थाहा पाएको भनेपछि देउवाले यस्तो जवाफ फर्काएका हुन् ।

 

सभापति देउवाले पार्टीभित्र सबैलाई मिलाएरै अघि बढ्न चाहेको बताए । उनले आफूलाई कुनै बेला पार्टीले साधारण सदस्यबाटै हटाएको समेत स्मरण गरे ।एउटा कालखण्डमा म पनि कांग्रेसको क्रियाशील सदस्य नै खोसिएको मान्छे हुँ । अहिले त्यस्तो छैन । मेरो चाहना अहिले कांग्रेसलाई पहिलो पार्टी बनाउने हो, फेरि म सभापति हुने होइन । अब पार्टी चलाउने तपाईंहरूले नै हो,’ बैठकमा सभापति देउवाले बोलेको उदृत गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘मैले शेखरजीलाई पनि साथै लिएर जाने हो ।’

 

सभापति देउवाले अहिले गठबन्धन गरेरै अघि बढ्नुपर्ने परिस्थिति रहेको दाबी गरे ।

 

‘माधवजी मलाई प्रधानमन्त्री बनाउन एमाले छोडेर आउनुभयो, प्रचण्डलाई गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याउने बेलादेखि नै साथै लिएर हिँड्नुभएकै हो । अहिलेको परिस्थिति नै त्यस्तै छ, हामी एक्लै जित्दैनौँ, त्यसकारण पनि अहिले गठबन्धन गर्नु आवश्यक छ,’ देउवाले भनेका थिए, ‘गठबन्धन भइहाल्यो । अब अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन ।’केशव पाण्डेको ढिलासुस्तीले रोकियो पूर्वाधार साझेदारी कार्यक्रमको तीन करोड

 

काठमाडाैँ । बागमती प्रदेश सभा सदस्य केशवराज पाण्डेको ढिलासुस्तीको कारण प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको रकम रोकिएको छ । प्रदेश सरकारले प्रदेश सभा सदस्यमार्फत विकास योजनामा खर्च गर्न संचालन गरेको कार्यक्रमको तीन करोड रुपैयाँको योजना संचालन हुन नसकेको हो । नुवाकोट निर्वाचन क्षेत्र नं. २ ‘ख’ का प्रदेश सभा सदस्य पाण्डेले समयमा योजनाहरुको निर्णय गरी नपठाएको कारण तीन करोडको योजनाहरु अलपत्र परेको हो ।

 

चालु आर्थिक वर्ष २०७८/७९ मा खर्च गर्नु पर्ने बजेटको योजना निर्णय गरी समयमा नै नपठाएको कारण रकम आउन नसकेको हो । जिल्लामा अन्य तीन प्रदेश सभा सदस्यहरुले योजना छनौट गरी गत वर्षको माघमै निर्णय गरे पनि पाण्डेले भने योजना छनौट नै नगरी बसेका थिए ।

 

जिल्ला समन्वय समितिले पटक पटक ताकेता गर्दा पनि योजना छनौट गरी बुझाउन आलटाल गर्दै आएका पाण्डेले असार ६ गते जिल्ला समन्वय समितिमा योजनाको सूची बुझाएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दीपक दुलालले बताए । जिल्ला समन्वय समितिले असार ६ गते प्रदेश लेखा नियन्त्रकको कार्यालय र सम्बन्धित मन्त्रालयहरुमा पठाएको थियो । क्षेत्र नं. २ को प्रदेश ‘ख’मा पर्ने तर, विदुर र बेलकोटगढी नगरपालिकामा कुनै कार्यादेश नआएको लेखा अधिकृतहरुले जनाएका छन् ।

 

सांसद पाण्डेले विभिन्न २० वटा योजनाहरुमा रकम विनियोजन गरेर पठाएका थिए । समयमा काम नगरेको कारण रकम नआउँदा योजनाहरु अलपत्र परेको भन्दै एमालेका कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् ।

 

जिल्ला समन्वयमा योजना निर्णय गरी बुझाउनको लागि निकै दबाब दिनु परेको नेकपा एमालेका एक जिल्ला नेताले बताए । चालु आर्थिक वर्षमा सांसद पाण्डेको योजनाको रकममात्र रोकिएको हो ।योजना बुझाउन ढिलाई भएकै कारण चालु आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने योजनाको रकम आउन नसकेको हो । प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत तीन क्षेत्रमा रकम विनियोजन गर्न पाइने व्यवस्था रहेको छ ।

 

पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेर बजेट विनियोजन गर्नुपर्दछ । सांंसद पाण्डेले कतिपय योजनाहरु पहिले नै काम भइसकेका योजनाहरुमा समेत विनियोजन गरेको एमालेकै कार्यकर्ताहरुले बताएका छन् ।

 

एमालेभित्र पनि आफ्नो गुटका कार्यकर्ताका योजनालाई मात्र पारेको भनेर आलोचना भएको थियो । सांसद पाण्डेले यो आर्थिक वर्षमा रोकिए पनि अर्को आर्थिक वर्षमा उक्त योजनाहरुको रकम आउने दाबी गरेका छन् । वागमती प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेको पाण्डे नेकपा एमाले वागमती प्रदेश कमिटिका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय