घरमा दुई थरी तरकारी पकाएर खान सकिने अब्स्था छैन भन्दै जनता लाई भर्मित पार्ने नेता ले देश बिकास समृद्ध गर्छु जनता लाई खुशी दिन्छु भनेर ढाट्न कुन चाहिँ नौलो कुरो भयो र

आफ्नो घरमा भने चौरासी बन्झन खाना बनाएर खाने अनि जनताको आखाँ मा छारो हाल्ने काम गरे

 

नेपाली जनता यी चोरका खन्ती हरुले जे भन्यो तेहि पत्याउने कस्ता खालका हामी नेपाली जनता ।

 

 

जनतालाइ थाहा छ फेरि चोर ,ढाट, फटाहा, कालोबजारी , भस्ट्रचारी, देशद्रोही यिनै हुन भनेर तैपनी मया यिनै नालायक नेताहरुको गर्छ्न । सोच बदल जनता देश आफै बद्लिन्छ ।

 

 

यो पनि पढ्नुहोस्….

 

 

प्रचण्डले मोदीको समय नपाएपछि भेट नगरी स्वदेश फर्कने भएका छन् । उनले यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन सक्ने बताएका थिए ।

 

 

 

प्रचण्ड भारत भ्रमणमा रहँदा १९५०को सन्धी सच्च्याउनुपर्ने माग राखेपछि मोदीले भेट नदिएको आँकलन गरिएको छ ।

 

 

 

आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि दाहाल त्यहीँबाट स्वदेश फर्कन लागेका हुन् । नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् ।

 

 

 

भ्रमणमा सँगै रहेका दाहालका स्वकीय सचिव रमेश मल्ले अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा आएको र आफूहरुको भ्रमण फलदायी भएको बताए ।

 

 

 

गत शुक्रबार भारत भ्रमणमा गएका दाहाल आइतबार स्वदेश मोदीले किन दिएनन् प्रचण्डलाई भेट ?

 

 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यस्तताको कारण देखाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट नदिएको खुलेको छ।

 

 

 

आइतवार बिहान खानासहित भेट कार्यक्रम रहेको दाबी प्रचण्डको सचिवालयले गरिरहेका बेला व्यस्त रहेको भन्दै अन्तिम समयमा मोदीले भेट नदिएका हुन्।

 

 

 

आइतवार बिहान प्रचण्डले भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष जेपी नड्डासँग वार्ता गरेका थिए। नड्डाकै निम्तोमा प्रचण्ड तीन दिनअघि दिल्ली पुगेका थिए।

 

 

 

नड्डाको भेटपछि नयाँ दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भेट फलदायी र उत्साहजनक भएको प्रतिक्रिया दिएका थिए।

 

 

 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि नड्डासँगको भेटसँगै तीन दिने दिल्ली भ्रमण सकिएको बताएका छन्।

 

 

 

‘भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटवार्तासँगै अध्यक्ष प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ’, उनले भनेका छन्, ‘पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश-देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ।’

 

 

 

तर, उनको यो भ्रमणमा मोदीलाई भेटेर संवाद गर्ने योजना भने पूरा नभएको हो। मोदीसँग भेट नभएपछि प्रचण्ड र उनको टोली नेपाल फर्किन इन्दिरा गान्धी विमानस्थलमा पुगिसकेको छ।

 

 

 

प्रचण्डले शनिबार त्यहाँस्थित नेपाली समुदायसँगको कार्यक्रममा सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने बताएका थिए।

 

फर्किँदैछन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय