म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार भक्तजनले चढाएको भेटी मङ्गलबार बिहान गनिँदै । साउन महिनाको पहिलो सोमबारका दिन गलेश्वरमा रु। तीन लाख ३३ हजार ५५६ भेटी सङ्कलन भएको छ ।

 

एन्फा बैठक बिहीबार:अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ ।

 

मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो ।

 

साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।

 

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको यो बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय