नेपाल प्रहरीका ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। ३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्यो। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भए।

 

सिफारिस भएकामध्ये ३४ जना जनपदतर्फ र ३ जना प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप समूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फका हुन्।

 

बढुवा सिफारिस सूचीको ३१ औँ नम्बरमा राजेन्द्र अधिकारी छन्। हाल उनी जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत छन्। यता प्राविधिक समूहतर्फ पहिलो नम्बरमा ध्रुव अधिकारी सिफारिस भए। राजेन्द्र र ध्रुव बाबुछोरा हुन्। ध्रुव राजेन्द्रका कान्छा छोरा हुन्।

 

बुबासँग एकै दिन डीएसपीमा बढुवा सिफारिस भएका ध्रुव राजेन्द्रभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भएका हुन्। राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए। ध्रुव २०७५ मा प्रहरी निरीक्षकमा भर्ना भए। २४ वर्षको अन्तरमा प्रहरी सेवामा प्रवेश गरेका बाबुछोरा एकसाथ डीएसपी हुने संयोग मिल्यो।

 

असईमा भर्ना भएका राजेन्द्र २०५७ सालमा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भए। छोरो भर्ना भएको पदमा पुग्नै उनलाई अर्को १० वर्ष लाग्यो।

 

२०६७ सालमा राजेन्द्र इन्सपेक्टर भएका हुन्। प्रहरी सेवामा प्रवेश गरेको १६ वर्षपछि राजेन्द्र इन्सपेक्टर भए। राजेन्द्र इन्सपेक्टर हुँदा पनि ध्रुव प्रहरीमा प्रवेश गरेकै थिएनन्। त्यसको ८ वर्षपछि मात्रै उनी प्रहरी सेवामा प्रवेश गरे।

 

तर प्रहरीका प्राविधिक समूहमा छिटो बढुवा हुन्छ। जनपदमा जस्तो १० वर्षसम्म पनि एउटै दर्जामा रहनु पर्ने बाध्यता छैन। त्यही भएर ध्रुव छिटो बढुवा भए। सेवामा प्रवेश गरेको ४ वर्षमै बढुवा हुँदा बाबुछोरा एउटै दर्जामा एकै दिन पुगेका हुन्।

 

नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

राजेन्द्रका दुई छोरा छन्। दुवै छोराले इन्जिनियरिङ पढे। जेठो छोरा सुशील कलेज पढाउँछन्।

 

‘उसले राम्रो पढ्यो, स्नातकोत्तर पनि टप भयो। आयोगबाट एक नम्बरमा नाम निकाल्यो। पहिले त उसको प्रहरी हुने सोच थिएन। एक दुई ठाउँमा आयोगमा भिड्यो। त्यता नभइसकेपछि यता दियो सफल भयो,’ छोराको सफलताबारे राजेन्द्र भन्छन्, ‘मान्छेलाई भाग्यले जता साथ दियो, त्यतै जाने रहेछ।’

 

छोरालाई प्रहरी नै हुनुपर्छ भनेर राजेन्द्रले भनेका होइन। तर राजेन्द्र प्रहरी भइसकेपछि घरपरिवारमा प्रहरीकै कुरा हुन थाले। ध्रुवले पनि यतैको लय समाते।

 

राजेन्द्रको सेवा अवधि २ वर्ष बाँकी छ। ३० वर्षे सेवाअवधिका कारण उनी २०८१ मा अनिवार्य अवकाशमा जानेछन्। तर ध्रुवको भने अझै २६ वर्ष सेवा अवधि बाँकी नै छ। राजेन्द्र डीएसपीबाटै अवकाश हुने सम्भावना बढी छ। तर ध्रुव भने अझ माथिल्लो पदमा पुग्ने सम्भावना छ।

 

र यो पनि

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरु’द्ध प्रेस काउन्सिलमा उजु’री दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरु’द्ध प्रेस काउन्सिलमा उ’जुरी दिएका हुन् ।

 

केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको ग’म्भीर ध्याना’कर्षण भएको जनाएको छ । महानगरले कुनै अमुक संस्थालाई बजेट नछुट्याएको समेत जनाएको छ ।वडास्तरीय समस्याका विषयमा जानकारी लिन प्रमुख शाह निरीक्षणमा

 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० ले वडा स्तरीय निरीक्षण अवलोकनलाई निरन्तरता दिनुभएको छ । यस क्रममा आज वडा १ का विभिन्न स्थानमा पुग्नुभयो ।

 

भ्रमण अवलोकनका क्रममा वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरुसहित स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।

 

कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा कार्यालयसँगैको ढुङ्गेधारा, वडा कार्यालयसँगै रहेको नन्दीकेशरबहाल, नन्दी माध्यमिक विद्यालय, नारायण चौर ९नन्दीकेश बगैँचा० नागपोखरी, हात्तीसार पुगेर सकिएको थियो ।

 

त्यस क्रममा पोखरी तथा ढुङ्गेधाराको अवस्था र सुधार, वहालमा रहेको करुणामयको प्रतिस्थापित मूर्ति, विद्यालयमा शौचालय, बगैँचाको दिगो व्यवस्थापनलगायत विषयमा कुराकानी भएको थियो ।

 

भगवान बहालमा रहेको करुणामयको मूर्ति हराएर भेट्टाएपछि प्रतिस्थापित गरिएको हो । प्रतिस्थापना गर्नुअघि मूर्तिलाईत्यस क्रममा पोखरी तथा ढुङ्गेधाराको अवस्था र सुधार, वहालमा रहेको करुणामयको प्रतिस्थापित मूर्ति, विद्यालयमा शौचालय, बगैँचाको दिगो व्यवस्थापनलगायत विषयमा कुराकानी भएको थियो ।

 

भगवान बहालमा रहेको करुणामयको मूर्ति हराएर भेट्टाएपछि प्रतिस्थापित गरिएको हो । प्रतिस्थापना गर्नुअघि मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो ।

 

यसैगरी वडा कार्यालय भवनका लागि नन्दीकेशर बहाल पुननिर्माण गरेर माथिल्लो तला प्रयोग गर्न सकिने सम्भावनाका विषयमा छलफल भएको थियो ।

 

अवलोकनका क्रममा प्रमुख शाहले, वडाबाट हुने काममा महानगरबाट पर्याप्त सहयोग हुने बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले, सरसफाइका लागि वडासँग पुग्नेजति जनशक्ति नभएको बताउँदै यसमा महानगरले सहयोग गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय