काठमाडौं – भारतीय आयाल कर्पोरेशन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ । आईओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा प्रशोधित पेट्रोलियमको मूल्य घटाएर पठाएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

जसका कारण भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । १६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

 

घटेको मूल्यपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको उनको दाबी छ । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण निगमलाई केही राहत भएको छ,’ उनले थपे, ‘निगमको नोक्सानी घट्नु पनि देश र जनतालाई फाइदै हो । तत्कालै मूल्य घट्ने जस्तो अवस्था भने कम छ ।’

 

गत १ जुलाईमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई खाना पकाउने ग्याँसमा अझै प्रतिसिलिण्डर ५८२ रुपैयाँ घाटा रहेको पनि उनले बताए । घटेर आएको नयाँ मूल्य पछि पनि निगमलाई महिनामा अझै ४ अर्ब ३२ करोट घाटा रहेको उनको भनाइ छ ।

 

भारतले खरिद गरेर नेपालाई बिक्री गर्ने ब्रेन्ट क्रुड आयलको मूल्य पछिल्लो दुई सातामा १२ डलर जतिले घटिसकेको छ । आइतबार यो समाचार तयार पार्दासम्म ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १.२ सेन्टर डलर छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय