तीन दिने औपचारिक इण्डीया भ्रमणका लागी नयाँदिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड एकाएक भ्रमण छोट्टयाएर दुई दिनमै नेपाल फर्किए ।नेपाल आउँने वित्तिकै प्रचण्डले आफ्नो इण्डीया भ्रमण फलदायी भएको भनेका छन् ।

 

 

 

भाजपाका अध्यक्षको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले अन्तत भारतीय प्रधानमन्त्री मोदीसँग भेट नगरी नेपाल फर्कन बाध्य भएका छन् ।

 

 

 

 

 

मोदीसँग भेट हुन्छ भनेर आशा गर्दा गर्दै भेट्न नपाए पछि प्रचण्ड निरास भएर नेपाल फर्किएका छन् ।मोदीसँग भेट्न नपाए पनि आफुलाई कुनै टेन्सन नभएको प्रतिक्रिया उनले दिएका छन् । मुखले टेनसन छैन भने पनि मनमा उनी कति टेनसनमा रहेछन् भन्ने कुरा त उनको मुखाकृती र कुरा गरेको भावभंगी बाटै बुझ्न सकिन्थ्यो ।

 

 

 

 

भेट्ने कुरा हुँदा हुँदै अचानक भेट हुँदैन भनिएको दुखेसो उनले गरेका छन् ।दिल्ली टेक्ने वित्तिकै देखी प्रचण्डले आफ्नो भेट प्रधानमन्त्री मोदीसँग पनि हुने बताउँदै आएका थिए तन्तमा मोदीलाई नेभेटी उनी फर्किएका छन् । अहिले त प्रचण्ड मोदीसँग भेट भएको भए पनि के नै हुन्थ्यो र फोटो मात्रै खिच्ने काम त हुन्थ्यो भन्न थालेका छन् ।मोदीसँग भेट्न नपाएको प्रचण्डले निकै खल्लो महशुस गरिरहेको स्पष्ट भएको छ ।

 

 

 

मोदीले आखिर दिल्लीमै आइपुगेका प्रचण्डलाई किन भेट्न जरुरी ठानेनन् भन्ने कुराको भने सर्वत्र चासो देखिएको छ ।कुटनितीमा हरेक सानासाना कुराको पनि ठूलो महत्व रहेको हुन्छ ।

 

 

 

प्रचण्ड सँग नभेटेर मोदीले अर्थपुर्ण सन्देश दिएको चर्चा कुटनितिक बृतमा चलेको छ ।एक कुटनितिज्ञले ओटिभी नेपाल डटकमसँग कुराकानी गर्र्दै मोदीले सिधा भाषामा भन्नुपर्दा प्रचण्डको औकात देखाइदिएको बताए । तिम्रो हैसियत म सँग भेट्ने होइन भन्ने सन्देशनै मोदिले दिएको उनले भनेका छन् ।

 

 

 

प्रचण्डले भने इण्डीयाले आफुलाई प्रधानमन्त्रीकै बराबरीको सम्मान दिएको फुर्ती लडाइरहेका छन् ।अन्तिम समयमा आएर भेट नहुने खबर आएको भन्दै उनले ‘टेन्सन छैन’ भन्दै आफ्नो टेन्सन व्यक्त गरे । ‘

 

 

 

एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ मोदीसँग भेट हुन नसक्नुको विषयमा अनभिज्ञता प्रकट गर्दै प्रचण्डले भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।

 

 

 

’यसले के देखाउँछ भने प्रचण्डलाई भारत जानुअघि मोदीसँग भेट हुने आश्वासन दिइएको थियो । तर प्रचण्डले भनेजस्तै ‘लास्ट आवरमा’ मात्रै भेट हुन नसक्ने जानकारी दिइयो । विश्वस्त स्रोतका अनुसार पनि प्रचण्डलाई दिल्ली भ्रमणका लागि प्रस्ताव आएपछि उनले मोदीसँग भेट हुने सुनिश्चितता खोजेका थिए ।

 

 

 

किनकी प्रचण्डले त्यस्तो बेला भारत भ्रमणमा जानु परेको थियो, जुन बेला अर्को छिमेकी मुलुक चीनको कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि बितिसकेको थिएन ।

 

 

 

त्यसमाथि आम चुनावको पूवार्धमा भारत भ्रमण गर्दा राजनीतिक रुपमा जाने सन्देश पनि त्यस्तै थियो ।भारतीय पक्षले भेट गराउने आश्वासन दिएपछि उनी हतारमै भएपनि भ्रमण गर्न तयार भए । विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पनि उनले मोदीसँग भेट हुने विश्वास व्यक्त गरेका थिए ।

 

 

 

शनिबार विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोबलसँग भेट गरे । आइतबार भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, जसको निम्तोमा उनी भारत गएका थिए, उनीसँग भेट्दासम्म पनि प्रचण्डलाई मोदीसँग भेट गर्ने आश्वासन दिइएको थियो ।

 

 

 

मोदीलाई भेट्न जान भन्दै हतार गरेर भाजपा कार्यालयबाट आफू बसेको होटल हिँडेपछि भने उनलाई भेट नहुने जानकारी गराइएको थियो ।मोदीले नभेट्नुको कारणबारे अनुमान गर्दै उनले ‘बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि क्लाइमेक्स त्यही हो भन्ने ठानेको हुनसक्ने’ बताए ।

 

 

 

भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने अनुमान उनले सुनाए । तर, मोदीसँग भेट नहुनुको खास कारण के हो भन्ने उनलाई पनि थाहा छैन । स्वदेश फर्किएपछि उनले विमानस्थलमा भनेका छन्, ‘के कारण लास्ट आवरमा भएन, मलाई पनि थाहा छैन । तर मलाई त्यसले केही टेन्सन भएको छैन ।’

 

 

 

कूटनीतिक मामिलाका जानकारहरुका अनुसार विदेश पाहुनालाई अन्तिम समयमा आएर नभेट्नुको ठूलो अर्थ हुन्छ । भारतीय प्रधानमन्त्री मोदीले पनि आफ्नो दलको निम्तोमा आएका प्रचण्डलाई अन्तिम समयमा नभेटेर सन्देश दिएका छन् ।

 

 

 

पछिल्लो समय नेकपामा विवाद चर्किरहेका बेला भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयलले नेपाल आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि प्रचण्डले पनि विरोध गरेका थिए ।

 

 

 

त्यसयता भारतीय संस्थापन पक्षले प्रचण्डलाई ‘कर्नर’मा पार्ने प्रयास गरेको गरेको चर्चा हुने गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका प्रचण्डले भारत लगायतका देशको समर्थन खोजेका थिए ।

 

 

 

भारतीय पक्षले भने प्रचण्डसँग दूरी कायम राखिरह्यो ।तर अहिले नेपालको राजनीतिमा माओवादी केन्द्र र त्यसका अध्यक्षका हैसियतमा प्रचण्ड ‘निर्णायक’ जस्तै बनेपछि भने भारतीय संस्थापन पक्षले दुरी घटाउन चाहेको माओवादी नेताहरु स्वीकार गर्छन् । त्यही कारण भाजपाको अध्यक्षले नै निम्तो दिएर प्रचण्डलाई भारत भ्रमण गरायो ।

 

 

तर आफ्नै दलका अध्यक्षले बोलाएका नेपालका पूर्व प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले अन्तिम समयमा आएर नभेट्नुले भने भारतीय संस्थापन पक्षले प्रचण्डलाई ‘इन्गेज’ मात्र गराइराख्न खोेजेको हो कि भन्ने प्रश्न जन्माएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय