बुधबार , बैसाख १९, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाएर छाड्न चाहेको बताएका छन्। शनिबार पार्टी कार्यालयमा भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।

 

‘म पार्टी बलियो बनाएर छाड्न चाहन्छु। पार्टी बलियो बनाएर म रिटायर्ड हुने हो,’ देउवाले केन्द्रीय समिति बैठकमा भने। कुनै बेला आफूलाई पार्टीको सदस्यबाट निकालेकाले मात्र आफूले अर्को दल गठन गरेको उनको भनाइ थियो।

 

उनले शेखर कोइराला समूहलाई पनि साथमै लिएर जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। ‘

 

मलाई कुनै बेला पार्टीबाट साधारण सदस्यबाट निकालेको हो। त्यसकारण अप्रिय कदम चाल्न परो। अहिले त्यो अवस्था छैन। मेरो चाहना कांग्रेसलाई पहिलो र प्रिय बनाएर छाड्ने हो। म शेखरलाई पनि साथी लिएर जान्छु।’

 

गठबन्धन कायम राखेर चुनावमा जानुपर्ने उनको धारणा छ। ‘प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन,’ उनले भने, ‘माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन।’

 

कांग्रेस एक्लै चुनावमा गए पनि जित्न गाह्रो भएको उनको भनाइ थियो। ‘हामी एक्लै जित्दैनौँ, त्यसैले गठबन्धन गरौँ,’ आफू पार्टीमा जस्तोसुकै छलफल गर्न पनि तयार भएको

 

समेत बताउँदै भने, ‘मैले कसैलाई नभेट्ने भनेको छैन, शेखर आउनुस् म भेट्छु, छलफल गर्छु। मैले कहिल्यै पार्टी प्यालेसमा किन भेला गरेको भनेर सोधेको छैनरु अबदेखि चाहिँ यहीँ गर्नुस् भनेको हुँ।’

 

पार्टीका भातृसंस्थामा नेतृत्व चयन गर्ने विषयमा आफूले छलफलका लागि महामन्त्री खोज्दा फोन नै नउठाएको उनको भनाइ छ। तर आफूलाई बैठकमा खेदिएको उनको धारणा थियो।

 

तरूण दल र नेविसंघ गठन गर्दा सोधेको हुँ। फोन चाहिँ उठाउनुस्। फोन उठ्दैन। फोन गरेर खोज्दा एउटा महामन्त्री कहाँ छु भन्छ, अर्को कहाँरु महामन्त्री खोजे भेटिँदैन। यहाँ रूघ्ने म मात्र भएँ। मलाई अहिले नदेखेद्नुस्।’

 

यो पनि : महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने

 

ललितपुरको महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै आफू निकट कर्मचारी हटाएको भन्दै राजनीतिक दलले विरोध जनाएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले १० वर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी निकालेको भन्दै विरोध भएको हो ।

 

एमाले महाँकाल गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाउँपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्तप्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।’

 

नेकपा माओवादी गाउँपालिकाले अध्यक्ष बुद्ध नेगीले गाउँपालिकाले गरेको निर्णयमा आफूहरु बोलि नसकेको बताए । उनले भने, ‘काम गरिरहेका कर्मचारी हटाउँदा विरोध भएको छ ।’

 

गाउँपालिकामा सूचना प्रविधि अधिकृतका रुपमा काम गरिरहेका माधव घिमिरेले आजबाट आफू कार्यालय नजाने बताए । गाउँपालिका अध्यक्ष गणेश केसीले छिट्टै सूचना प्रकाशित गरेर करारमा कर्मचारी भर्ना प्रकृया सुरु हुने बताए । उनले भने, विशेषज्ञ ल्याएर परीक्षा लिन्छौं । प्रतिस्पर्धात्मक रुपमा भर्ना हुन्छ । ’

गाउँपालिकाले कृषि, भेटेनरी, ल्याब टेक्निसियन (मानिखेल अस्पतालका बाहेक),१० वर्षसम्म कार्यालय सहायकका रुपमा काम गरेका कर्मचारीको करार अवधि नथप्ने भएको हो ।

 

गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत,सव निञ्जिनियर,खानेपानी तथा सरसफाई टेक्निसियन,आईएमएस अपरेटर, फिल्ड सहायक,उद्यम विकास सहजकर्ता, कानुनी सहजकर्ता बाहेकका कर्मचारीको करार अवधि थप नगर्ने गाँउपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय