बुधबार , बैसाख १९, २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतको राजधान नयाँ दिल्ल पुगेर जोरी खोज्दा ठूलो झट्का लागेको छ । शनिबार एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भारतसँग भएका १९५० लगायतका असमान सन्धिहरु खारेज गर्नपर्ने भन्दै गर्जिएपछि उनलाई झट्का लागेको हो ।

 

उनको त्यस्तो अभिव्यक्ति पछि भारतीय प्रधानमन्त्री नरेन्द दामोदर मोदीले लोप्पा खुवार पठाएका छन् । भेट्नका लागि तय भएको कार्यक्रम रद्ध गरेर मोदीले लोप्पा खुवाएर नेपाल फर्काएका हुन् । सत्तारुढ भारतीय जनता पार्टीको निम्तोमा दिल्ली पुगेका उनलाई मोदीले भेटका लागि दैलोमा बोलाएर फर्काएका छन् ।

 

मोदीलाइ भेटेर स्वदेश फर्किने तालिका बनाएका प्रचण्डलाई मोदीले अन्तिम समयमा आएर धोका दिएपछि प्रचण्ड भारी मन लिएर फर्किदै छन् ।

 

दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘यसअघि एकजना पूर्वप्रधानमन्त्री झलनाथ खनाल मोदीजीसँग भेट नहुने भएपछि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमै खबर आएर फर्किएर भेट्नुभएको थियो । त्यस्तै कुनै आकस्मिक खबर आयो भने अलग कुरा हो नत्र प्रचण्डको भेट मोदीसँग नहुने भयो ।’

 

प्रचण्डले दिल्ली जाने क्रममा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा मोदीसँग पनि आफ्नो भेट हुने बताएका थिए । यसपटक उनले भारतीय सरकारको तर्फबाट विदेशमन्त्री एस जयशंकरसँगमात्र भेट पाएका छन् ।

 

मोदीका सुरक्षा सल्लाहकार अजित डोबालसँग पनि प्रचण्डको भेटवार्ता भएको छ । मोदीले प्रचण्डलाई किन भेट दिएनन् रु यसबारेमा केही जानकारी दिइएको छैन । आफ्नै पार्टीका अध्यक्षको निम्तोमा आएका पाहुनालाई उनले नभेट्दा बिजेपी नेताहरूले असहज महसुस गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय