बुधबार , बैसाख १९, २०८१

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले भारतीय नागरिकलाई नागरिकता दिएर नेपाललाई सिध्याउन खोजेको बताएका छन् ।

 

भारतीयलाई नागरिकलाई नागरिकता दिएर प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले नेपाललाई सिध्याउन खोजको बताएका छन् ।

 

शेरबहादुर देउवा र प्रचण्डले सबै विदेशहरु काही संसारमा नागरिकता नपाएका नेपालमा आउ भन्दै तर्क दिइयो भने, त्यो नेपाललाई राख्ने तर्क हो? कि नेपाली सिध्याउने तर्क हो?।

 

अहिले सरकारले ल्याएको विधेयकमा गम्भिर तीन वटा त्रुटि भएकोले नेपाल सरकारले नागरिकता विधेयक जुन आज भन्दा ४ वर्ष अगाडी ल्याएको उनले बताए ।

 

उनले भने– ‘नागरिका विधेयक अगाडी सारी रहदा यो कानून बनाई रहदा नेपाललाई जनसंख्याको राजनीतिबाट अल्पमतमा पार्ने विदेशीहरुको लागि ढोका खोल्ने तर नेपाली चेलीहरु नेपाली छोरीहरु विदेश जादा

 

खेरी उनीहरुको अधिकार प्रति आखाँ चिमिल्ने यो कुनै राष्ट्रिय हितमा आधारीत दुष्टिकोण हो । यो विदेशी भक्तिबाट शक्ति आर्जन गर्ने गलत प्रवृति हो ।

 

२०६३ सालमा कयै अनागरिकहरुले नेपालको नागरिकता लिएको तर खुकुलो बनाई दिएको त्यो नेपाली नागरिकहरुको लागि नभएर विदेशी र बाहिरबाट आउनेहरुको लागि बनाएका र अहिलेको सरकार यो सरकार पनि त्यही बाटोमा जान

 

 

आटेकोले राष्ट्रिय हित प्रति देशको दिर्घकालीन अस्तित्वप्रति वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेताहरु संवेदनशील नभएको बताएका छन् ।

 

नागरिकता विधेयकमा भएको यो व्यवस्थालाई हटाएर अब आउने निर्वाचनमा राजनीति गर्न खोजेर वाह्य शक्तिहरुलाई खुसी पार्न खोलेकोले आफुहरुले जनतालाई भन्नु पर्ने र नेपाली जनताले पनि यस्तो नागरिकताको विषयलाई कमजोर बनाएर दिर्घकालीन अस्मिता माथि आच पु¥याएकोले निर्वाचनमा जनताहरुले पाराजित गर्नुपर्ने बताएका छन् ।

 

प्रधामन्त्री शेरबहादुर देउवाहरुप्रति देशको हितको लागि इमान नभएको र नेपाल धेरै जनसंख्या भएको देशहरुको बीचमा बसेर नेपालले चाही खुकुलो पार्ने खोजेको तर दक्षिण एसियाको कुनै अरु देशलो नागरिकता विधेयक खुकुलो नपारेको तर नेपालले देशको हित विपरीत काम गर्न खोजेको उनको भनाई छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय