मंगलबार , बैसाख १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शनिबारको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति सकारात्मक संकेत नभएको बताएका छन् । आइतबार फेसबुकमा एक स्टाटस लेख्दै श्रेष्ठले भनेका छन्- ‘ओलीले प्रधानमन्त्री हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधि सभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वशनीयतामाथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन। यसले अहं त तुष्टि गर्ला, तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्‍याउने छैन ।’

 

शनिबार नेपाल-चीन हिमालय मैत्री समाजद्वारा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो विषयक विचार गोष्ठी’ कार्यक्रममा श्रेष्ठले देशको स्वाधिनता र राष्ट्रियताको रक्षा गर्ने मूल शक्ति वामपन्थीहरु मात्रै भएको भन्दै वामपन्थी शक्तिहरु एकताका लागि अघि बढ्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए। तर उनीपछि बोलेका ओलीले एमालेबाहेक अन्य पार्टी वामपन्थी नरहेको बताएका थिए । श्रेष्ठले फेसबुक स्टाटसमार्फत त्यसैको प्रतिवाद गरेका हुन् ।

 

हेर्नुहोस उनको लेख।

 

 

हिजो नेचिफ्स भन्ने सँस्थाले “नेपालको भुराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो ” बिषयमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा म पनि सहभागी भएको थिएं।त्यहाँ मैले नेपालका बामपन्थी शक्तिहरुले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति -प्रयत्नलाई नै निरन्तरता दिने हो भने बामपन्थी आन्दोलन नै धराशायी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले बामपन्थी शक्तिहरु बीचको तालमेल , मोर्चा र एकताको…

See more

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय