मंगलबार , बैसाख २५, २०८१

काठमाडौ। सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी गाडी नीजि बनाएर बिक्री गरेको एउटा तस्बिर भाइरल भइरहेको छ। भाइरल तस्बिरमा एउटा ब्लु बुक र रातो रङको प्राडो गाडी छ। ब्लु बुकमा नीजि जिप, दर्ता मिति २०५३।११।०२ गते उल्लेख छ।

 

 

सवारी धनीको नाम विद्यादेवी भण्डारी र वतन चावहिल–६ काठमाडौं भनेर लेखिएको छ। राष्ट्रपति भण्डारीको यो तस्बिर सार्वजनिक भएपछि धेरैले आलोचना गरेका छन्।आफूलाई अभियान्ता बताउने तारा बरालले फेसबुकमा लेखेकी छन्, ‘२०५३ मै सरकारी गाडी चोरेर २५ लाखमा बेचेर खाने राष्ट्रपति रे।

 

 

गाडी चोरलाई राष्ट्रपति भनेर विश्वसामु देशको शिर झुकाउने हैन, गर्मी निवासबाट गलत्याएर जेलमा हाल महाभ्रष्ट सरकार। नत्र हामीलाई जिम्मा दे, हामी नारायणहिटीबाट देश चलाउँछौं, यस्ता कुख्यातलाई जलाउँछौं।’राष्ट्रपति भण्डारीले सरकारी गाडी बिक्री गरेको आधार बारेमा सोध्दा उनी भन्छिन्,

 

 

 

‘यो गाडी चोरेको होइन भने कसको हो? त्यो देखाउनु पर्यो नि त। सरकारी गाडी नीजि बनाएर व्यक्तिलाई बेचेको रहेछ। सरकारी गाडीलाई नीजि बनाएर बेच्नु भनेको चोरे कै हो।

 

 

 

राष्ट्रपतिले आजसम्म प्रयोग गरेका कति गाडी छन्, सार्वजनिक गर्नुपर्यो। विद्या भण्डारी रक्षा मन्त्री भएको बेला उनले प्रयोग गरेको गाडी हो भन्ने लाग्छ।’यस विषयमा राष्ट्रपति निवासका प्रवक्ता सागर आचार्यसँग बुझ्दा उनले जानकारी नभएको प्रतिक्रिया दिए।

 

 

 

उनले यो विषयमा बुझेर मात्रै थप भन्न सकिने प्रवक्ता आचार्यको भनाइ छ। ‘यो विषयमा अहिलेसम्म केही जानकारी आएको छैन। थप बुझेर मात्र यस विषयमा प्रतिक्रिया दिन सकिन्छ, ’आचार्यले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय