शुक्रबार , बैसाख १४, २०८१

क्वालालम्पुर ( मलेसिया ):= नेपालीहरुको लागी प्रमुख गन्तव्य मध्यको एक मलेसिया देशमा करिबकरिब ४ लाख भन्दा बढीको हाराहारीमा नेपाली हरु विभिन्न क्षेत्रमा कार्यरत रहेको छ।यहीँ मलेसियामा विभिन्न घटना-दुर्घटनामा परि कैयौं नेपालीहरुले अकालमा ज्यान गुमाउने गरेको तथ्यांक मलेसिया स्थित नेपाली दूतावाससंग सुरक्षित रहेको छ।
दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले बताए अनुसार मलेसियामा एक महिनामा करिब २५ जना र बर्षेनी ३,४ सयको हाराहारीमा नेपालीहरुले विभिन्न कारणले ज्यान गुमाउने गरेको बताउनुभयो।

मृत्यु हुने प्रमुख कारणहरु मध्य काम गर्दागर्दै अथवा सुतिरहेको अवस्थामा हृदयघात भएर, अत्याधिक मदिरा,रक्सी सेवन गर्नाले, विभिन्न किसिमको सडक दुर्घटनामा परेर , झैं-झगडा लगायतको कारणले मृत्यु हुने गरेको अधिकृत बुढाले बताए।

यसै क्रममा यता मलेसियाको सेलाङ्गर राज्यमा पर्ने वाईस्पोट ठाउँमा अवस्थित गोल्डकोइन स्पेसलिस्ट नामक कम्पनीमा बिगत ९ बर्षदेखी काम गर्दै आएका एक नेपाली कामदार गाडी दुर्घटनामा परि गम्भीर घाइते भएको छ।
हिजो नोभेम्बर २३ तारिख सोमबारको दिन दिउँसो करिब ०३:०० बजेतिर कम्पनीको भ्यानमा बसेर ड्युटी जाने क्रममा सडकको घुम्तीमा बिपरित दिशाबाट आइरहेको लोरीले भ्यानलाई ठक्कर दिदा दुर्घटनामा परि झापा दमक निवासी अन्दाजी उमेर ४३ बर्षिय नेपाली कामदार राजु क्ष्रेष्ठ गम्भीर घाइते भएको सोही कम्पनीमा कार्यरत अजित बिकले जानकारी गराउनुभयो।

जानकारी अनुसार दुर्घटनामा परेका राजु सकुशलनै रहेको तर ढाड र टाउकोमा गम्भीर चोटपटक लागेको साथै एउटा् खुट्टा भाचिए बताइएको छ। गम्भीर घाइते राजुको उपचार अहिले स्थानीय अस्पतालमा भैइरहेको र आजै खुट्टाको अपरेसन लगायतको स्वास्थ्य चेकजाँच समेत गरिने कम्पनीले बताएको कुरा अजित बिकले मलाया खबरलाई जानकारी गराउनुभयो।
त्यस्तै केही महिनायता कोरोना संक्रमणको बिचमै विभिन्न कारणबँस ज्यान गुमाएका दुई दर्जनबढी नेपालीको मृत शव मलेसियामै अलपत्र परेको छ।

नेपालमा मृतकहरु को परिवारले अन्तिम दाहसंस्कारको लागी शव आउने आशामा बाटो कुरेर बसेको भएतापनी, नेपाल सरकार र सम्बन्धित निकायले भने केही वास्ता नगरेको,सहयोग नगरेको मृतकहरुको परिवारको र आम जनमानसले गुनासो गर्दै आरोप लगाएको छ।

मलेसिया स्थित नेपाली दूतावासको द्धितिय सचीव प्रतिक कार्कीसंग यस् बारे प्रश्न गर्दा जवाफमा द्धितिय सचीव कार्कीले भन्नुभयो, “सरकारले पछिल्लो समयमा ठूलो वाईडबडी जहाज नपठाएको कारण मृतकहरुको शव नेपाल फर्काउन कठिनाई भैइरहेको स्पष्ट पारे। यस् बिषयबारे नेपाल सरकार र सम्बन्धि निकायलाई बारम्बार पत्राचार गर्दा समेत कुनै सुनुवाइ नभएको दूतावासको भनाइरहेको छ।”

द्धितिय सचीव कार्कीले थप बोल्दै भन्नुभयो धेरैजना मानिस अटाउने वाईडबडी नेपाल सरकारले मलेसियाको लागी पठाएपछि दूतावासले गर्नुपर्ने कार्यहरु समयमै पूरा गर्ने र यहाँ अस्पतालमा पोस्टमार्टम सकिएर नेपाल फर्काउन बाँँकी शवहरु पनि चाडैं नेपाल फर्काइने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय