काठमाडौं । तपाई प्रहरीमा भर्ती हुन चाहिरहनुभएको छ र अवसर पाइरहनुभएको छैन भने तपाईका लागि खुशीको खबर छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

त्यो पनि संवृद्व देश कतारमा प्रहरीमा भर्ना हुने नेपालीलाई अवशर आउने गर्दछ ।

 

अब निजी क्षेत्रमार्फत वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाइने भएको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको भर्ना प्रक्रियामा निजी क्षेत्रको संलग्नतालाई स्वीकार गरेसँगै कतार प्रहरीमा भर्ना हुन पाइने भएको हो ।

 

श्रम मन्त्रालयका अनुसार कतार नेपाली श्रमिकहरूको सबैभन्दा रोजाइमा पर्ने मुलुकमध्ये एकमा पर्छ। कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक गरेको केही समयपछि आएको यो निर्णयले नेपालीहरुका लागि राम्रो अवसर सिर्जना गरेको छ ।

 

नेपालमा वैदेशिक रोजगारीका नाममा विदेश पठाउन भन्दै सक्रिय कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन आफूखुशी रकम उठाएर बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेपछि आएको यो निर्णयले धेरै नेपालीलाई राहात मिलेको छ ।

 

तर तपाईहरु झुक्किएर म्यानपावरहरुको विज्ञापन तर्फ नलाग्नुहोला । कतार प्रहरीमा सरकारी प्रक्रियाबाट नै जान पाइनेछ ।

 

विभागले सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो। यो सरकारी प्रक्रियामा नै छ ।

 

तलब

 

कतार प्रहरीमा भर्ना हुनका लागि उमेरको हद १८ देखि ३५ वर्ष तोकिएको छ। ५ फिट ७ इन्च उचाइका पुरुषका लागि मात्र मागपत्र पेस भएको दूतावासले जनाएको छ।

 

प्रहरीमा भर्ना भएर तालिम सकेपछि नेपालीहरूले मासिक ६ हजार कतारी रियाल अर्थात् करिब दुई लाख रुपैयाँ नेपाली तलब पाउने बताइएको छ।

 

कतारस्थित नेपाली राजदूत नारदनाथ भारद्वाज भन्नुहुन्छ, “यो धेरै राम्रो अवसर हो। नेपाली अहिलेसम्म मजदुरका रूपमा मात्र काम गर्न आएकामा प्रहरीमा पनि काम गरेपछि नेपालीको छविमा पनि फरक पर्छ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय