मंगलबार , बैसाख २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा संघीयता र धर्म निरपेक्षता खारेजीको कुरा उठेको छ।

 

मंगलवारको बैठकमा केन्द्रीय सदस्य भीम पराजुली र प्रकाश स्नेहीले नेपाली काङ्ग्रेसले हिन्दूराज्यको एजेण्डा बोकेर जानुपर्ने बताएका छन्।

 

विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहेका पराजुलीले वैदिक सनातन धर्मको मान्यता अनुरूप हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाएर कांग्रेसले धार्मिक स्वतन्त्रको पक्षमा उभिनुपर्ने बताएका हुन्।

 

उनले धर्म निरपेक्षता खारेजीको एजेण्डालाई कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए । पराजुलीले अहिलेकै अवस्थाको संघीयता काम नरहेको भन्दै प्रदेशहरू खारेज गर्ने वा बलियो बनाउनेमध्ये एउटा विकल्प लिनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय