शुक्रबार , बैसाख १४, २०८१

काठमाडाैं असार २८

 

नेकपा एमालेका सांसद् नवराज सिलवालले पाँच दलीय गठबन्धनलाई पैसा चाहिएर नेपाल प्रहरीका नाममा हतियार किन्न खाेजिएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।

 

साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै सांसद् सिलवालले नेपाल प्रहरीका नाममा हतियार किन्ने याेजना तत्काल फिर्ता लिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । अहिले ५ दलीय गठबन्धन वित्तीय गठबन्धन, लाभकाे गठबन्धन र फाइदाकाे गठबन्धनमा परिणत भएकाे उहाँकाे भनाइ छ ।

 

शासकहरु कलंकित भएकाे इतिहासमा दर्ज हुने ढंगले सत्ता गठबन्धन अगाडि बढेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । सांसद् सिलवालले भन्नुभयाे – ‘करका दर हेरफेर गरेकाे अर्थमन्त्री ज्यूले राजीनामा दिएर जाँदै गर्दा,नेपाल प्रहरीलाई हतियार किन्न ८४ कराेडकाे रकमान्तर गरेर जानुभएकाे खबर बाहिरिएकाे छ,याे राष्ट्रघात हाे ।’ देशकाे अर्थमन्त्र तहसनहस हुने अवस्थामा हतियार किन्ने निर्णय गरेर सरकारले राष्ट्रघात गरेकाे उहाँले बताउनुभयाे ।

 

‘यसरी देशकाे अर्थतन्त्र तहसनहस हुने अवस्थामा पुगेका बेला सरकारले नेपाल प्रहरीलाई आवश्यक पर्‍याे भनेर ८४ कराेड रकमान्तर गरेर हतियार खरिद गरेर लाभ कमाउने याेजना ल्याएकाे छ,त्यस याेजनाकाे प्रतिपक्षी दल विराेध गर्छ,नेपाल प्रहरीलाई अहिले हतियार आवश्यक छ कि छैन ? जतिबेला विचाैलियालाई पैसा चाहिन्छ,राजनीतिक शक्तिमा रहेकालाई पैसा चाहिन्छ,त्यतिखेर हतियारका काण्ड हुने गरेका छन्,विचौलिया आफैं फाइल खडा गर्छन्, सदर गर्न प्रहरीमा दबाब दिन्छन्’-सिलवालले भन्नुभयाे ।

 

डान कान्डमा प्रहरीलाई सहिद बनाएर विचौलियाले फाइदा लिएकाे स्मरण गर्दै उहाँले उच्च पदस्थ प्रहरी अधिकारीलाई फसाएर,अख्तियार लगाएर फसाउन हतियार काण्ड अगाडि बढाइएकाे दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘नेपाल प्रहरीमा बुझ्दा आवश्यक छैन भन्ने कुरा हाे,

 

थाहा छैन भन्ने कुरा आयाे, नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन,व्यारेक चाहिएकाे छ,प्रविधि चाहिएकाे छ,तर जुन ढंगले ११५० थान सटगन,१००० थान पेस्ताेल र २५००० थान सेल चाहिएकाे भन्ने कुरा बाहिर आएकाे छ ।’

 

समाजमा बसेर सेवा दिने प्रहरीलाई प्रविधि र तकनिकी चाहिएकाे तर गठबन्धनमा बसेका दललाघ पैसा र कमिशन चाहिएर हतियार काण्ड अगाडि सारेकाे सांसद् सिलवालले बताउनुभयाे ।

 

‘गठबन्धनमा बसेका दललाई पैसा चाहिएकाे छ,कमिशन चाहिएकाे छ,कमिशन र पैसाकाे लाेभमा देशकाे अर्थतन्त्र तहसनहस पार्न खाेजिएकाे छ,हतियार किन्ने कुरा राष्ट्रघात हाे,आजकाे मूल्यमा पनि उल्लेख गरिएका हतियार किन्न एक तिहाइ मूल्य पनि पर्ने छैन,हतियारकाे कमिशन २ सय ३ सय प्रतिशत मूल्य बढाएर राज्यलाई लुट्ने ढंगले गठबन्धन अगाडि बढेकाे छ,याे धाेका हाे, मुलुकप्रतिकाे राष्ट्रघात हाे’-उहाँले भन्नुभयाे ।

 

गठबन्धन यही ढंगले अगाडि बढे श्रीलंकाकाे जस्ताे अवस्था आउन सक्ने चेतावनी दिँदै सांसद् सिलवालले भन्नुभयाे – ‘यहाँ पनि त्यस्तै अवस्था नआहाेस्, शासकहरु सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था नआहाेस् ।’ राष्ट्रकाे ढुकुटीमा दाेहन गर्नु राष्ट्रघात भएकाे सिलवालले बताउनुभयाे । हतियार किन्ने निर्णयत तत्काल फिर्ता लिन सिलवालले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय