शुक्रबार , बैसाख १४, २०८१

महोत्तरी — बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको ब’लात्कारपछि ह’त्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घा’इते भएका युवकको मृ’त्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृ’त्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको श’व मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको ब’लात्कारपछि ह’त्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई का’रबाही गर्नुपर्ने मागसहित श’व सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको श’व सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घा’इते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृ’त्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्या’न गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय