शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

November 25, 2020, Wednesday
२०७७ मंसिर १०
7:58    २०७७ मंसिर १०

नेकपाभित्रको शक्तिसंघर्ष झन्डैझन्डै विभाजनतर्फ उन्मुख भइरहेका वेला सम्भावित नयाँ गठबन्धनबारे कांग्रेस अलमलमा छ । नयाँ पुस्ताका नेता अहिले सरकारमा जान हुन्न भन्नेमा स्पष्ट छन् भने सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला सबै सम्भावनाप्रति सकारात्मक छन् ।
नेता सिटौलाले नेकपा तलमाथि भए फ्लोरबाट समर्थन गर्न सकिने संकेत गरेका छन् । ‘सत्तामा पनि हाम्रो नजर छैन । अहिले कांग्रेसले सरकारले जाने कुरा सोच्नु पनि निरर्थक हो । हामीलाई जनताले दिएको मत नै प्रतिपक्षमा रहेर जनताको आवाज उठाउनका लागि हो ।
हामी प्रतिपक्षमै रहन्छौँ । बरु आवश्यकता प¥यो भने हामी फ्लोर समर्थनचाहिँ गर्न सक्छौँ,’ उनले भने, ‘०५२ सालमा एमाले पहिलो पार्टी बन्दा पनि हामीले मनमोहन अधिकारीजीलाई प्रधानमन्त्री बनाउन फ्लोर समर्थन गरेकै हो । त्यसवेला कांग्रेसकै सहयोगमा उहाँहरूले नौ महिना सरकार चलाउनुभएको थियो । त्यसकारण संसदीय अभ्यासमा फ्लोर समर्थनका आधारमा पनि सरकार चल्छ । हाम्रो चाहना त कुनै पार्टी नफुटोस्, बरु सरकारले राम्रो काम गरोस्, देशको हितमा, जनताको हितमा भन्ने हो ।’
त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउन सकिने सम्भावना औँल्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देखाएका छन् । झन्डै दुईतिहाइको नेकपाको सरकार रहेको तथा संसद्मा सत्तारुढ दलभन्दा अंकगणितका हिसाबले धेरै पछाडि रहेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देख्नु अर्थपूर्ण राजनीतिक परिघटना हो ।
तर, नेता गोपालमान श्रेष्ठले आफूले मंगलबार पार्टी सभापतिसँग अन्तरंग कुराकानी गरेको र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्थामा सोच्न सकिने उहाँको धारणा रहेको बताए । ‘कांग्रेसकै नेतृत्वमा सरकार बनाऊ भनेर प्रस्ताव आयो भने छलफल गर्न सकिने कुरा हो,’ सभापति देउवाको धारणा उद्धृृत गर्दै श्रेष्ठले भने । अहिले कांग्रेस सरकार जान आत्तिएको होइन । अब भोलि उहाँहरूले साँच्चिकै देश चलाउन सक्नुभएन भने र कांग्रेसले एकलौटी सरकार चलाउन पायो भने त्यो वेलामा कांग्रेसले सोच्छ ।
कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव आयो भने हामीले अवश्य विचार गर्छौँ । अर्काको नेतृत्वमा त किन जाने र ?’ उनले भने, ‘मैले मंगलबार सभापतिजीसँग भेटेर अन्तरंग कुराकानी नै गरेँ । र, मैले बुझेसम्म एउटा कुराचाहिँ के प्रस्ट हुनुस् भने अहिले आठवटा होइन, १५ वटा मन्त्रालय दिए पनि कांग्रेस सरकारमा जाँदैन ।’
देउवानिकट मानिने कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने कांग्रेस सरकारमा जाने सम्भावना नरहेको दाबी गरे । ‘अहिले कांग्रेस सरकारमा जाने–नजाने कुरा ठूलो विषय होइन । देशलाई अहिले शान्ति, स्थिरता, विकास चाहिएको छ, र मुलुकलाई त्यसतर्फ अगाडि बढाउनुपर्छ । यस्तो वेला कुनै पनि पार्टीहरूमा विभाजन आउनुहुन्न भन्ने मलाई लाग्छ । अहिले कांग्रेस सरकारमा जाने सम्भावना नै छैन । यो एउटा हाइपोथेटिकल कुरा मात्रै हो,’ उनले भने ।
शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा संवाद भएको थियो । सबै विषयमा साझेदारी गर्ने गरी अघि बढ्न सकिने भन्दै आफूलाई कांग्रेसको समर्थन छ भन्ने सन्देश दिन देउवालाई आग्रह गरेका थिए । यो विषय देउवाले आफूनिकटका नेताहरूसँग साझा गरिसकेका छन् ।
नेकपा विभाजित हुनेबित्तिकै उनीहरूबीच फेरि गठबन्धनको सरकार सम्भव नहुने र त्यसवेला परिस्थितिले नै सरकार गठनमा कांग्रेसको भूमिका सुनिश्चित हुने नेताहरूको बुझाइ छ । देउवानिकट एक नेता भन्छन्, ‘नेकपा विभाजित भयो भने नयाँ सरकारतिर देश जान्छ नै । त्यस्तोमा विभाजित पार्टी मिलेर सरकार बनाउने सम्भावना हुँदैन । र, कांग्रेसको भूमिका स्वतः आउँछ । हामीलाई प्रतिपक्षीमा बस्ने जनमत छ भनेर बस्ने हुँदैन । देशलाई अनिर्णयको बन्दी बनाउन पनि मिल्दैन । त्यस्तो अवस्थामा कांग्रेसले पहल गर्छ ।’ ती नेताले नेकपा विभाजित भए आलोपालो प्रधानमन्त्री लिने गरी नेकपाको कुनै समूहसँग सहकार्य सम्भव रहेको बताए ।सरकार गठनको अंकगणितमा पनि कांग्रेसको भूमिका रहन्छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छन् । तर, हाल प्रतिनिधिसभामा सभामुखसहित दुई सय ७० जना सांसद कायम छन् । आजको दिनमा बहुमत भनेको एक सय ३६ सांसद हो । यो अंकगणित हेर्दा कांग्रेस (६१)सँग मिलेर सरकार बनाउन नेकपाका कुनै पनि समूहलाई ७४ सांसदको खाँचो हुन्छ । हाल एक सय ७३ सांसद रहेको नेकपामा दुवै समूहसँग कम्तीमा ७४ सांसद छन् ।संसद्मा नेकपाका एक सय ७४ जना (हाल कायम एक सय ७३ सभामुखसहित, एकको निधन), कांग्रेस ६३ (कायम ६१, दुई निलम्बित), जनता समाजवादी पार्टी ३४ (हाल ३२ कायम, दुई निलम्बित), राष्ट्रिय जनमोर्चा एक, नेपाल मजदुर किसान पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक र स्वतन्त्र एक सांसद छन् । चार सांसद (विजय गच्छदार, रेशम चौधरी, अफ्ताब आलम, हरिनारायण रौनियार निलम्बित छन् । नयाँ पत्रिका राष्ट्रिय दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय