बिहिबार , बैसाख २०, २०८१

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको भूमिकको प्रशांस गरेका छन् । उनले ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेलेको स्मरण गराएका छन् ।

 

 

 

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन् । उनले लेखेका छन्–‘केपी ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेल्नु भो । पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदैछ ।’

 

 

 

राष्ट्रिय सभा निर्वाचनः नेकपा एमाले पत्तासाफ हुने निश्चित, एक सिट पनि जित्न कठिन, (अंकगणित)

 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुले मंगलबार मनोनयन दर्ता गरेका छन्। आगामी माघ १२ गते हुन गइरहेको निर्वाचनका लागि दलहरुले सम्बन्धित प्रदेशमा मनोनयन दर्ता गरेका हुन्।

 

 

 

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरेर आगामी फागुन २० गतेबाट बिदा हुँदैछन्। एमालेका ८, माओवादी र एकीकृत समाजवादीका ४–४, कांग्रेसका ३ र मनोनीत १ सांसद फागुन २० बाट बिदा हुन लागेका हुन्।

 

 

 

जसमध्ये १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ जना निर्वाचन प्रक्रियाबाट छानिने छन्। राष्ट्रिय सभाको रिक्त १९ सिटमा सत्तारुढ ५ दलीय गठबन्धनले सहकार्य गर्ने निर्णय गरिसकेको छ।

 

 

 

निर्वाचनमा सत्तारुढ पाँच दल र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि लागि निर्वाचन हुन लागेको हो।

 

 

 

चार वर्षे कार्यकाल सकिनेमा १९ जना निर्वाचित र एकजना सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका छन्। २०७५ असार ४ गते भएको गोलाप्रथा अनुसार उनीहरुको चार वर्षीय पदावधि कायम भएको थियो।

 

 

 

जसमध्ये सबैभन्दा बढी प्रमुख प्रतिपक्षी नेकपा एमालेका आठ सांसदहरुको पदावधि सकिदैछ। यस्तै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका पाँच, नेकपा (एकीकृत समाजवादी) का चार र सत्ताको नेतृत्व गरिरहेको कांग्रेसका तीन सांसदको पनि चार वर्षीय पदावधि सकिन लागेको छ।

 

 

 

संसद सचिवालयका अनुसार चार वर्षीय पदावधि सकिन लागेका एमाले सांसदमा अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ,

 

 

 

रामलखन चमार र सुमनराज प्याकुरेल छन्। माओवादी केन्द्रका खिमबहादुर विक, जीवन बुढा, दिनानाथ शर्मा, शशिकला दाहाल र रामनारायण बिडारीको पनि पदावधि समाप्त हुँदैछ। बिडारी तत्कालीन नेकपा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा मनोनित राष्ट्रियसभा सदस्य हुन्।

 

 

 

एमालेबाट चोइटिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा गएका उदया शर्मा पौडेल, ठगेन्द्रप्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर र कांग्रेसका दृगनारायण पाण्डेय,

 

 

एमालेबाट चोइटिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा गएका उदया शर्मा पौडेल, ठगेन्द्रप्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर र कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको पनि चार वर्षीय पदावधि सकिन लागेको छ।

 

 

 

माओवादी सांसद् चन्द्रबहादुर खड्का पार्टी परित्याग गरी एमालेमा गएपछि कारबाहीमा परेका थिए। उनको स्थानमा २०७८ जेठ १७ गते भएको उपनिर्वाचनमा कांग्रेसका पाण्डे विजयी भएका थिए।

 

 

कार्यकाल सम्हालेको चार महिनामात्रै पूरा भए पनि खड्काकै स्थानमा निर्वाचित भएका कारण उनको कार्यकाल पनि फागुन २० मा सकिँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय