सोमबार , बैसाख २४, २०८१

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको स्मरण गरेका छन् । २०६३ जेष्ठ २१ गते प्रतिनिधिसभामार्फत मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो

 

 

।अध्यक्ष नेपालले ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’का सन्दर्भमा एक सन्देश जारी गर्दै आजको दिन मुलुकको सामाजिक रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण दिन भएको बताए ।

 

 

दलितहरुलाई परिवर्तनको हिस्सेदार बनाउने उद्देश्यले गरिएको सो घोषणाले इतिहासदेखि नै अपमानित जीवन व्यतीत गर्न बाध्य उत्पीडित दलित समुदायको मात्र नभइ सम्पूर्ण नेपालीको शीर उँचो भएको नेपालको भनाइ छ ।नेपालको संविधानमा सबैप्रकारका भेदभाव तथा जातीय छुवाछूतजन्य कार्य गम्भीर सामाजिक अपराधकारूपमा समावेश गरिएको स्मरण गर्दै अध्यक्ष नेपालले दलित समुदायको राजनीतिक,

 

 

आर्थिक र सामाजिक क्षेत्रको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थासहित राष्ट्रिय दलित आयोगको गठनको सुनिश्चितता गरेको बताए ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहलाई जिताउँन सक्रिय रुपमा लागेको टीमले काठमाडौं ५ को सांसदमा रञ्जु दर्शनालाई अघि सार्ने तयारी गरेको छ ।

 

 

 

रञ्जु दर्शना २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् भने पछिल्लो समय विवेकशील साझा पार्टीकी नेतृ रहेकी थिइन् । तर, विवेकशील साझा पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेर उनी अहिले स्वतन्त्र रुपमा बसेकी छिन् ।

 

 

 

केही समयअघि विवाह बन्धनमा बाँधिएकी रञ्जु राजनीतिबाट टाढिने हुन् कि भन्ने आशंका रहिरहेका बेला उनी संसदीय निर्वाचनमा होमिन लागेकी हुन् ।काठमाडौंको मेयरमा बालेन साहलाई जिताउन लागिपरेको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् ।

 

 

काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए ।विवेकशील नेपाली दलका स्वर्गीय उज्जवल थापाले पनि संसदको चुनावमा यही क्षेत्रलाई रोजेका थिए ।

 

 

विवेकशील नेपाली दलबाटै राजनीति शुरु गरेर चर्चामा आएकी रञ्जु दर्शनाले उज्जवल थापाको राजनीतिबाट आफू प्रभावित रहेको बताउँदै आएकी छिन् ।

 

 

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको विजयबाट हौसिएको समुहले क्षेत्र नं १ को सांसदमा पुकार बमलाई अघि सारिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय