भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छिन् । बकर इद २०७९ को अवसरमा आज भरतपुर–

 

 

१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदान प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् ।

 

 

 

विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बिहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको दाहालले उल्लेख गरिन् ।

 

 

यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको मेयर दाहालको दाबी थियो ।

 

 

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मावलम्बीहरुले बीच धार्मिक सहिष्णुता कामय भइ भाइचाराको सम्बन्ध स्थापित भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय