अमरनाथ मन्दिरको दर्शन गरि ॐ लेखि एक सेयर गरि आजकाे राशिफल पढ्नुहोस, यी राशिहरूकाे चम्किनेछ भाग्य

 

आजको पञ्चाङ्ग:- वि.सं. २०७९ आषाढ २६ गते आइतवार तदनुसार ई. सं. २०२२ जुलाई १० तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रोदय : दिउँसो ०३:१० बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:१६ बजे | हेर्नुहाेस् आजकाे राशिफल:-

 

 

Ads By Admana

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ, तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ, कुनै लटरी वा चिट्ठा नै पनि पर्नसक्छ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ साथी बनाउन पाइने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ, कार्यक्षेत्रमा सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । मन फुरुङ्ग र उत्साही हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट कुनै राम्रो समाचार सुन्न पाइने दिन हो । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । बौद्धिक क्षेत्र र चिन्तनमा सक्रियता देखाउने समय हो । मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टिसिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । एकान्तमा बस्न पाउने र रमाउने मौका छ, तर समय र स्थान छनौट गर्न गोपनीयता अपनाउनु होला । दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने वा खट्ने दिन छ । घरबाट कुनै माङ्गलिक कर्म गर्ने सूचना आउनसक्छ, सम्पर्क गरी जानकारी बटुल्नु होला । धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय हो । तर पनि सँगीसाथीसँग समन्वय गरी काम गर्नसकेमा थप आम्दानी बाटो देखापर्ने समय हो । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मौखिक अभिव्यक्ति, साहित्य, कला र मनोरञ्जनसँग सम्बन्धित विषयको ज्ञानप्राप्तिका लागि राम्रो समय देखिन्छ । धन भए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने दिन हो । मौखिक अभिव्यक्ति, कला र सिर्जनाका कामबाट ख्याति बढ्नेछ, रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । मुखका माध्यमले नै महत्त्वपूणर् काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। प्रतिस्पर्धामा भने सावधान रहनुहोला।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खानपानप्रतिको आकर्षण बढ्ने दिन हो, चिल्लोचापिल्लो र गुलियो पदार्थमा रूचि जाग्नेछ । फुर्सदमा कुनै ग्रन्थ, वाङ्मय र धार्मिक, पौराणिक विषयवस्तुको अध्ययन गर्न सकिन्छ । कार्यक्षेत्रमा आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो । स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहाेला। आफन्तको साथ, सहयोग जुट्नेछ। नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने हुन्छ । कारोबारमा लगानी बढाउन सक्नुहुन्छ, बजेट बढे पनि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुने समय छ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) केही काम रोकिनाले रकम हातमकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ। ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा-अदालतमा अड्किएको काम गर्नु छ भने अथवा कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने आजको प्रयास राम्रो हुन्छ । लिंढेदिपी गर्नुभन्दा पनि बुद्धिको उपयोग गर्नाले लक्ष्यप्राप्ति हुने समय हो । विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ । व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) वंश, कुल र पितृपक्षका विषयमा आकर्षण बढ्ने दिन हो, कार्यक्षेत्रमा वरिष्ठ कर्मचारीलाई र घरमा मान्यजनलाई सेवाचाकरी गरी प्रसन्न तुल्याउन सकिन्छ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा विवाद हुने सम्भावना छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ, क्रियाशील रहनुहोला।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । सामाजिक र परोपकारी काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । ज्ञानको भण्डार पूणर् हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा उपलब्धिका स्रोत पहिल्याउन सकिनेछ। चुनौती र व्यवधानहरू पार लाग्नेछन्। मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।लागी नहुन , टु, टे) मन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय