श्रीलंकाका जनताले निवास घेराउ गरेपछि राष्ट्रपति गोटाभाया राजापक्ष भागेका छन् । न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।

 

श्रीलंकामा आर्थिक संकट सुरु भएपछि शनिबार राजधानी कोलम्बोमा सबैभन्दा ठूलो प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यसलगत्तै सरकारी निवास छाडेर राष्ट्रपति राजापक्ष निवास छाडेर भागेको समाचार आएको हो ।

 

आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर रुपमा सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् । यस्तै आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोगको आग्रह गरेको छ ।

 

राष्ट्रपति गोटाबाय राजपाक्षले आफ्नो देशमा इन्धन आयात गर्नका लागि सहयोग गरिदिन राष्ट्रपति पुटिनलाई अनुरोध गरेको बताएका हुन् । राष्ट्रपति राजपाक्षले पुटिनसँगको कुराकानी निकै फलदायी भएको बताएका छन्श्रीलंकाका ऊर्जामन्त्रीले देशमा रहेको पेट्रोलियम पदार्थको मौज्दात लगभग सकिएको बताएको केही दिनपछि राष्ट्रपति राजपाक्षले रुसी राष्ट्रपति पुटिनलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

 

राजपाक्षले पुटिनसँगको वार्तामा श्रीलंकालाई इन्धन आयातका लागि उधारो लिन योग्य रहेको उल्लेख गरी पत्र दिनका लागि आग्रह गरेको बताए । ‘दुई देशबीचको मित्रवत् सम्बन्ध थप बलियो बनाउन पर्यटन, व्यापार र संस्कृतिलगायतमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन हामी सहमत भएका छौं,’ राजपाक्षले ट्वीटरमा लेखेका छन् । ।

श्रीलंकाका ऊर्जामन्त्रीले देशमा रहेको पेट्रोलियम पदार्थको मौज्दात लगभग सकिएको बताएको केही दिनपछि राष्ट्रपति राजपाक्षले रुसी राष्ट्रपति पुटिनलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

 

राजपाक्षले पुटिनसँगको वार्तामा श्रीलंकालाई इन्धन आयातका लागि उधारो लिन योग्य रहेको उल्लेख गरी पत्र दिनका लागि आग्रह गरेको बताए । ‘दुई देशबीचको मित्रवत् सम्बन्ध थप बलियो बनाउन पर्यटन, व्यापार र संस्कृतिलगायतमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन हामी सहमत भएका छौं,’ राजपाक्षले ट्वीटरमा लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय