शुक्रबार , बैसाख १४, २०८१

मंसिर ८,सल्यान                        वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर. ७ गैरिकटेरी निवासी ४२ बर्षिय पुर्ण सिहं रावतको मृत्यु भएको हो । रावत बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए। नियमित ड्युटी गरेर रुम आएर राती खाना खाएर सुतेका रावत राति मृत अवस्थामा फ़ेला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली मोहन ओलीले जानकारी दिए।रोजगारदाता कम्पनीको सहयोगमा मृतक रावतको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ। जानकारी अनुसार पोस्टमार्टम सकिएपछि कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव अन्तिम दाहसंस्कारको लागी नेपाल पठाउने तयारी भैइरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय