के हो शिवलिङ्ग् ? किन यसको पूजा गरिन्छ रु यस्ता छन् यसलाई पूजा गर्ने कारणहरु १ शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो ।

 

शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई योनी, पीठम् वा पीठ भनिने गरिन्छ । प्रायस् जसो मानिसले शिवलिङ्ग भन्नाले शिवको लिङ्ग भनेर बुझ्दछन । लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

 

भनिन्छ शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप मानिने लिङ्ग आकारको मूर्ति हो । यो देवी शक्ति वा पार्वतीको प्रतिक मानिने योनीमाथि रहने गर्छ । शिव भनेको ईश्वरको एउटा नाम हो । लिङ्ग भनेको संस्कृत शब्द हो जसको अर्थ चिन्ह हो । शिवलिङ्गको अर्थ हुन्छ ईश्वरको कल्याणकरी स्वरूपको प्रतिक । शिवलिङ्ग बास्तबमा प्रकृति र पुरुषको प्रतिक हो ।

 

यसको तलको गोलाकार भाग प्रकृती हो भनेको माथीको भाग पुरुष हो । जब प्रकृती र पुरुष मिल्छ तब मात्र सारा सृष्ठी सम्भव हुन्छ । चेतन पुरुषले अचेतन वा जड प्रकृतिमा बिज स्थापना गरेपछी मात्र नै सृष्ठी सम्भव छ । लिङग पुराण अनुसार शिवलिङ्ग बास्तबमा निराकार चिन्ह हो, सम्पुर्ण प्राणीहरुको सिर्जनाको आधार हो । यो ब्रह्माण्डमा जति पनि सृजित बस्तु छन ती सब प्रकृती र पुरुषको संयोजनबाट बनेका छन ।

 

शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परम पुरुष भएकाले यसलाई लिङ्ग भनिएको हो । स्कन्द पुराणमा आकाश स्वयंम लिङ्ग हो भनिएको छ । शिवलिङ्ग वातावरण सहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिङ्ग हो । शिवलिङ्गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिङ्गको अर्थ लिङ्ग वा योनी होइन । वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।

 

हामीलाई नै थाहा छ, एउटा शब्दलाई फरक फरक भाषामा भिन्न भिन्न अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिङ्गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिङ्ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय