एजेन्सी –

 

यो संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ ।एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि ।आगो बलिरहेको छ । यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।

 

स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् ।उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ ।यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ । खोजपछि वैज्ञानिकहरुले । ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । सोही कारण आगो निरन्तर बलेको हुनुपर्छ ।

 

यसैगरी मानिसहरु घरलाई विभिन्न किसिमबाट सजाउने गर्छन् । यसले घरलाई आकर्षक र सुन्दर बनाउँछ । अझ घरका विभिन्न कोठालाई विभिन्न तरिकाबाट सजाउनु मानिसको सौख नै हुन्छ । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर सबै तस्बिर घर वा कोठामा सजाउन योग्य हुन्छ भन्ने हुदैंन ।घर वा कोठामा राखेका तस्बिरले मानिसमा सकारात्मक उर्जा पैदा गराउँछ भने कुनै तस्बिरले जीवनका हरेक मोडमा नकारात्मक प्रभाव पार्ने गर्छ । वास्तुशास्त्रका अनुसार बजारमा भेटिने हरेक सुन्दर तस्बिरले घर सुन्दर बनाउन हुँदैन । जसमा यस्ता केही तस्बिर पर्छन् जसले घरमा अशुभ गराउँछ ।

 

यदि कुनै तस्बिरमा पानी बगिरहेको, छाँगा (छहरा) लहराइरहेको हुन्छ भने त्यस्ता तस्बिर घरमा नल्याउनु नै उत्तम हुन्छ । किनकी वास्तुशास्त्रका अनुसार जसरी पानी बगिरहेको हुन्छ घरमा रहेको पैसा पनि बिनाकारण खर्च भइरहेको हुन्छ ।

 

डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर घरमा राख्नु हुँदैन । हरेक दिन यस्तो तस्बिर हेर्दा मानिसमा गहिरो असर पर्छ । यसले भाग्यमा असर पुग्न सक्छ ।

 

 

 

बजारमा केही यस्ता तस्बिर भेटिन्छन्, जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्बिर पनि घरमा राख्न नहुने वास्तुशास्त्रले बताउँछ । यदि यस्ता तस्बिर राखेको खण्डमा व्यक्ति आक्रमक हुने र रिसालु हुन् सक्छन् । त्यसैले भुलेर पनि घरमा यस्तो तस्बिरहरु राख्नु हुँदैंन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय