शुक्रबार , बैसाख १४, २०८१

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावअघि नै एकता ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने संभव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ,’

 

२० असार, काठमाडौं ।

 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् ।

 

पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

 

यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए । अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ ।

 

आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।

 

उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता सम्भव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ’, श्रेष्ठले अनलाइनखबरसँग भने ।

 

छलफलमा नेताहरुले वामपन्थी शक्तिहरु कमजोर हुँदा राष्ट्रियता धरापमा परेको भन्दै वामपन्थी ध्रुवीकरण आवश्यक परेको निष्कर्ष निकालेका थिए ।

 

‘अहिले राष्ट्रियता धरापमा छ, यसले गम्भीर संकट निम्त्याउन सक्छ,’ बैठकको निष्कर्ष सुनाउँदै श्रेष्ठले भने,‘त्यसो गर्दा वामपन्थी शक्तिहरुले एकता, ध्रुवीकरण र मोर्चाबन्दीको प्रक्रिया अघि बढाउनुपर्छ र त्यो बढाउने हो भने तत्काल कमसेकम एकीकृत समाजवादी र हाम्रो पार्टीबीच एकता गर्ने प्रक्रिया अघि बढाऔं र त्यसपछि अरुलाई आह्वान गरौं भन्ने निचोडमा पुगेका छौं ।’ उनका अनुसार यो चुनावमा वाम एकता सम्भव नभए वाम तालमेलको अवस्थासम्म पुर्‍याउनुपर्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

 

माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनलाई कसरी अघि बढाउन चाहन्छ भन्नेबारेमा पहिल्यै निर्क्योल गर्नुपर्नेमा एकमत छन् ।

 

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भनेर नेपाली कांग्रेसले अन्तिममा केही ठाउँमा मात्रै गठबन्धन गरेको र त्यसले आफूहरुलाई घाटा पुगेको नेताहरुको निष्कर्ष छ ।

 

यद्यपि उनीहरुले एमालेसँग भने कम्तीमा यस वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन या एकता दुबै नहुने निचोड निकालेका छन् ।

 

‘एमालेसँग चुनावअघि नै तालमेल हुने संभावना छैन, ऊ आत्माआलोचित भएको छैन, निर्वाचनको सन्दर्भमा पनि सही ढंगले तालमेलमा जान्छ भन्ने देखिएको छैन,’ बैठकको निष्कर्षबारे श्रेष्ठले भने ।

 

यसअघि आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको संभावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

उनले एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुबीचको एकताको संभावनाबारे प्रतिवेदनमा उल्लेख गरेका छन्, तर विस्तृतमा व्याख्या गरेका छैनन् ।

 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले समेत अहिले एमालेसँग चुनावी तालमेलको संभावना नरहेको बताइसकेको छ । स्थानीय तह निर्वाचनमा अन्तिम अवस्थामा गठबन्धन हुँदा त्यसको परिणाम राम्रो नआएको भन्दै कांग्रेससँग पनि भर गर्न नसकिने यी पार्टीका नेताहरुले बताइरहेका छन् ।

 

यो पनि हेर्नुहोस, एकीकृत समाजवादीको अडान : मुख्यमन्त्री हेरफेर गठबन्धनको शीर्ष तहबाट मात्र – ‘अवसरहरुको समान बाँडफाँड हुनुपर्छ’

 

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावअघि नै एकता ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने संभव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ,’

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

 

शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष निकालेको हो ।

 

बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएका छन् । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने बताएको हो ।

 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाड गर्ने गरी शीर्ष तहले नै टुंग्याउनुपर्ने बताए ।

 

सबै प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय उठेको भन्दै उनले भने, ‘यसकारण गठबन्धनका दलभित्र बसेर सबैतिर एकैतिर सेटल गर्ने गरी उपयुक्त अवसरहरुको बाँडफाँड गर्ने गरी काम गर्‍यो भने सबैभन्दा परिपक्व हुन्छ, प्रत्येक सांसदहरुले तनाव लिनु पर्दैन ।

 

अथवा म फलानोलाई हटाउन लागिरहेको छु बनाउन लागिरहेको छु भन्ने तनावबाट उनहरु मुक्त हुन्छन्, पार्टीभित्र दबाव कम हुन्छ ।’

 

७ प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् ।

 

एकीकृत समाजवादीले पनि बागमती प्रदेशको मुख्यमन्त्ती छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने अडान राखेको छ । ‘कहिँ न कहिँ अवसरहरुको बाँडफाँड हुन्छ नि, बागमती नभए अर्को ठाउँमा होला’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।

 

एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले शनिबारको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनको विषय शीर्ष नेताको बैठकले टुंग्याउने निर्णय गरेको बताए ।

 

‘अहिले हल्ला चलेको विषयमा गठबन्धनको शीर्ष नेताले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने निर्णय भएको छ’ उनले भने ।

 

एकीकृत समाजवादीका प्रतिनिधि भन्छन् : विभाजनको औचित्य पुष्टि गर्ने चुनौती छ

 

रवि केसी, नेकपा एकीकृत समाजवादी निकट एकीकृत यातायात मजदुर संगठन नेपालको केन्द्रीय अध्यक्ष हुन् । पार्टीले पहिलो पटक आयोजना गरेको केन्द्रीय परिषदको दुई दिने भेलामा सहभागी हुन प्रज्ञा भवन कमलादीमा भेटिएका केसीलाई यो पार्टी नयाँ जस्तै लाग्दैन ।

 

एमालेका संस्थापक नेताहरु समेत यसै पार्टीमा भएकाले उनी एकीकृत समाजवादीलाई दर्ताको हिसाबले मात्रै नयाँ मान्छन् । र, उनलाई यो पार्टी आफूले हालसालै विद्रोह गरेर आएको पार्टी नेकपा एमालेभन्दा फरक नदेखिने हो कि भन्ने चिन्ता छ ।

 

‘हाम्रो नयाँ पार्टी भन्दा पनि कम्युनिष्ट पार्टीमा विद्रोह भएको हो,’ केसी भन्छन्, ‘अहिले पनि हाम्रो नेतृत्वमा संस्थापक नेताहरु नै हुनुहुन्छ । दर्ता र कानूनी हिसाबले मात्रै हाम्रो हामी नयाँ हौं । तर यो पनि एमाले जस्तै जस्तै होला कि भन्ने चिन्ता हो ।’

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई दुई पटकसम्म संसद विघटन गरेपछि नेता माधवकुमार नेपालले ओलीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतसँग मिलेर ओलीविरुद्ध मोर्चाबन्दी गरे ।

 

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि माधव नेपालसहितका सांसदले देउवालाई विश्वासको मतसमेत दिए । र तिनै सांसदलाई लिएर माधव नेपालले छुट्टै पार्टी गठन गरेका थिए । एमालेले विधि, पद्धति नमानको, संविधान मास्न खोजेको आरोप लगाउँदै नेता नेपालले छुट्टै पार्टीएमालेबाट अलग भई नेकपा एकीकृत समाजवादी गठन गरेका नेताहरु यो पार्टीलाई एमाले भन्दा फरक देखाउनुपर्ने चुनाैतीमा छन् । नागरिकका बीचमा जाँदा पार्टी विभाजनको औचित्य पुष्टि गर्नुपर्ने दबाव रहेको केन्द्रीय परिषद बैठकमा सहभागी नेताहरु बताउँछन् ।

 

एमालेमा देखिएको व्यवहार र पद्धतिविरुद्ध विद्रोह गरेर त्यस्तै व्यवहार गर्ने हो भने विद्रोहको औचित्य स्थापित नहुने उनको भनाइ छ । त्यसैले औचित्य स्थापित हुने कि नहुने भन्ने कुरा पार्टीले लिने कार्यदिशा र गर्ने काममा भर पर्ने उनको भनाइ छ ।

 

‘यो पार्टीको रुपमा स्थापित हुने, नहुने चाहिँ हाम्रो पार्टीले लिने कार्यदिशा र हाम्रो पार्टीले गर्ने काममा भर पर्छ,’ केसी भन्छन्, ‘हामी समाजवादी हुँदैमा समाजवाद आउने पनि होइन । त्यत्तिकै जनताको मन जित्न सकिन्न । अब काम गरेर देखाउनुपर्ने स्थिति छ ।’

 

ललितपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य उदय श्रेष्ठ पनि एकीकृत समाजवादी स्थापनाको औचित्य स्थापित गर्नुपर्ने चुनौती रहेको ठान्छन् । ‘राम्रो काम गर्दै गयौं भने औचित्य पुष्टि हुँदै जान्छ । काम राम्रो नगर्ने, एक अर्काको खुट्टा तान्ने र आफ्नो मान्छे मात्रै च्याप्ने ग¥यौं भने यो पार्टी र एमालेमा केही पनि फरक हुँदैन’, उनले भने, ‘सबै भन्दा ठूलो कुरो हामीले व्यवहार परिवर्तन गरेर लैजानुपर्छ ।’

 

नेकपा एकीकृत समाजवादीले हालै मन्त्री हेरफेर गरेको निर्णयलाई कतिपय केन्द्रीय परिषद सदस्यले ठीक मानेका छैनन् । त्यस्तै पार्टीले मन्त्री हेरफेर गर्ने भनी निर्णय गरिसकेपछि मन्त्रीहरुले फिर्ता आउन गरेको आनकानीले झस्काएको र व्यवहार परितर्वन आवश्यक रहेको देखिएको उनको भनाइ छ ।

 

गत वर्षको भदौमा एमालेबाट अलग भएर एकीकृत समाजवादी दर्ता भएको थियो । झण्डै १० महिना हुनै लाग्दै यो बीचमा एकीकृत समाजवादीले स्थानीय तहको चुनावको सामना गरेको छ र आसन्न संसदीय चुनावको पर्खाइमा छ ।

 

नर्सिङ संघबाट प्रतिनिधित्व गर्दै ललितपुरबाटै केन्द्रीय परिषद बैठकमा आएकी लक्ष्मी केसीलाई पार्टीले छोटो अवधिमा पनि जनविश्वास आर्जन गरेको अनुभूत भएको छ ।

 

‘पार्टी स्थापनाको यति छोटो समयमा हामी स्थानीय चुनावमा जाँदा पनि पार्टीप्रति जुन जनविश्वास देखिएको छ, त्यस आधारमा नेकपा एकीकृत समाजवादीको स्थायित्व चाहिँ छ’, केसीको विश्वास छ ।

 

स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुसँग तालमेल गरेको एकीकृत समाजवादीले २० पालिका प्रमुख जितेको छ । यद्यपि एकीकृत समाजवादीका धेरै नेताहरु गठबन्धनबाट सहयोग नभएको गुनासो गर्छन् । यस्तै गुनासो केसीको पनि छ ।

 

‘गठबन्धन गर्दा कसले इमान्दारितापूर्वक लागू गर्छ, उसैसँग गठबन्धन गर्दा राम्रो । गठबन्धनका नाममा धोका हुन्छ भने त्यस्तो गठबन्धन नगर्नु नै राम्रो’, उनको भनाइ छ ।

 

पोखराका गोपाल गिरी आफूहरुले स्थानीय रुपमा काम गर्न अवसर नै नपाइसकेकाले फुटको औचित्य स्थापित गर्न समय लाग्ने बताउँछन् । ‘विभाजनको औचित्य देखाउन स्थानीय रुपमा हामीले काम गर्ने मौका नै पाएका छैनौं,’ उनको भनाइ छ, ‘हामी एकीकृत समाजवादीका भएका मान्छेहरु हिजो एमाले विचार, सिद्दान्त र पद्धतिमा चल्नुपर्छ भन्ने मान्छे हौं । जनताले त्यसमा विश्वास गरेका छन् ।’

 

गिरी भने अबको पाँच वर्षसम्म हालकै गठबन्धन कायम हुनुपर्ने मत राख्छन् । पार्टीको गण्डकी प्रदेश सदस्य रहेका उनी भन्छन्, ‘फेरि अर्को गठबन्धन गर्दा सन्तुलन बिग्रन्छ र काम गर्न अप्ठ्यारो हुन्छ । त्यसैले यही गठबन्धनलाई लैजानुपर्छ ।’

 

सिन्धुपाल्चोककी अनिता लामा नयाँ पार्टी निर्माण गर्न चुनौतीपूर्ण रहेपनि जनतालाई बुझाउन गाह्रो नरहेको बताउँछिन् । ‘फिल्डमा गएर पार्टी निर्माण गर्न अप्ठ्यारो त छ,’ जिल्ला सचिव समेत रहकी उनी भन्छिन्, ‘जनता सचेत भएकाले हामीलाई कुरा बुझाउन त्यस्तो गाह्रो भएको छैन ।’ गठन गर्नुपरेको बताएका थिए ।

२० असार, काठमाडौं ।

 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् ।

 

पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

 

यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए । अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ ।

 

आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।

 

उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता सम्भव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ’, श्रेष्ठले अनलाइनखबरसँग भने ।

 

छलफलमा नेताहरुले वामपन्थी शक्तिहरु कमजोर हुँदा राष्ट्रियता धरापमा परेको भन्दै वामपन्थी ध्रुवीकरण आवश्यक परेको निष्कर्ष निकालेका थिए ।

 

‘अहिले राष्ट्रियता धरापमा छ, यसले गम्भीर संकट निम्त्याउन सक्छ,’ बैठकको निष्कर्ष सुनाउँदै श्रेष्ठले भने,‘त्यसो गर्दा वामपन्थी शक्तिहरुले एकता, ध्रुवीकरण र मोर्चाबन्दीको प्रक्रिया अघि बढाउनुपर्छ र त्यो बढाउने हो भने तत्काल कमसेकम एकीकृत समाजवादी र हाम्रो पार्टीबीच एकता गर्ने प्रक्रिया अघि बढाऔं र त्यसपछि अरुलाई आह्वान गरौं भन्ने निचोडमा पुगेका छौं ।’ उनका अनुसार यो चुनावमा वाम एकता सम्भव नभए वाम तालमेलको अवस्थासम्म पुर्‍याउनुपर्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

 

माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनलाई कसरी अघि बढाउन चाहन्छ भन्नेबारेमा पहिल्यै निर्क्योल गर्नुपर्नेमा एकमत छन् ।

 

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भनेर नेपाली कांग्रेसले अन्तिममा केही ठाउँमा मात्रै गठबन्धन गरेको र त्यसले आफूहरुलाई घाटा पुगेको नेताहरुको निष्कर्ष छ ।

 

यद्यपि उनीहरुले एमालेसँग भने कम्तीमा यस वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन या एकता दुबै नहुने निचोड निकालेका छन् ।

 

‘एमालेसँग चुनावअघि नै तालमेल हुने संभावना छैन, ऊ आत्माआलोचित भएको छैन, निर्वाचनको सन्दर्भमा पनि सही ढंगले तालमेलमा जान्छ भन्ने देखिएको छैन,’ बैठकको निष्कर्षबारे श्रेष्ठले भने ।

 

यसअघि आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको संभावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

उनले एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुबीचको एकताको संभावनाबारे प्रतिवेदनमा उल्लेख गरेका छन्, तर विस्तृतमा व्याख्या गरेका छैनन् ।

 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले समेत अहिले एमालेसँग चुनावी तालमेलको संभावना नरहेको बताइसकेको छ । स्थानीय तह निर्वाचनमा अन्तिम अवस्थामा गठबन्धन हुँदा त्यसको परिणाम राम्रो नआएको भन्दै कांग्रेससँग पनि भर गर्न नसकिने यी पार्टीका नेताहरुले बताइरहेका छन् ।

 

यो पनि हेर्नुहोस, एकीकृत समाजवादीको अडान : मुख्यमन्त्री हेरफेर गठबन्धनको शीर्ष तहबाट मात्र – ‘अवसरहरुको समान बाँडफाँड हुनुपर्छ’

 

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय