एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रमा विश्वमा नभएको घटना नेपालमा भएको बताएका छन्। बजेट बनाउने बेला अर्थमन्त्रालयका सचिव सहसचिव बाहिर जान नपाइने व्यवस्था रहेको भन्दै नेपालमा बाहिरको मानिस ल्याएर करका दर हेरफेर भएको बताएका छन्।

 

उनले अर्थमन्त्रालयको फुटेज माग्दा एमाले को हो भन्ने ‘आई एम द स्टेट’ अहम देखाएको बताए। उनले यो बजेट बजेट मात्र रहेन । यो त इमान नैतिकता, मर्यादा सीमाहरुसँग सम्बन्धित विषय भएको बताए।

 

‘जनतालाई मर्का पार्ने मात्र होइन, अनुपयुक्त भयो मात्र होइन, यो बजेट एउटा खतरनाक प्रक्रियाबाट, निर्माणको प्रक्रिया बहुतै खतरनाक, मूल्य मान्यतालाई तोडेर, बाहिर कुरा उठेको छ,’ उनले भने,‘विज्ञले भनेको छ तर, एमालेले माग्दैमा दिइन्छ? करका दर जानी जानी बढाइन्छ, गरिन्छ, मैले गर्‍या हो भनेको छ।’

 

त्यस्तै, ओलीले अर्थ मन्त्रालयको फुटेज डिलिट गरिएको बताएका छन्। उनले मन्त्री स्वच्छ भए फुटेज देखाउनतर्फ लाग्ने बताउँदै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका हुन्।

 

एमालेले बजेट निर्माणमा जिम्मेवारीबाहिरका मान्छेलाई लगेर करको दर हेरफेर गरेको आरोप लगाउँदै आएको छ।पूर्वप्रधानमन्त्री ओलीले यही प्रकरणको फुटेज अर्थ मन्त्रालयले डिलिट गरेको बताएका हुन्। यसको छानबिन गर्नुपर्ने उनको भनाइ छ।

 

‘संसदमा छानबिन हुनैपर्छ’, उनले भने, ‘बाहिरको मानिस राखेर बजेट बनाउने कहीँ हुँदैन। यसको छानबिन हुनुपर्दछ।’

 

अर्थको अनर्थ : बजेट बनाउँदाको सीसीटीभी फुटेज १३ दिनमै डिलिट! उनले प्रधानमन्त्रीले छानबिन गर्छु भनेर कबोल नै गर्नुपर्ने बताए।

 

ओलीले बजेटमा बाहिरबाट मानिस ल्याउनु आर्थिक अराजकताको नमूना अर्को हुनै नसक्ने बताए। ‘एमालेले प्रश्न गर्दा एमाले को हो भनेर ललकार्ने?’, उनले अर्थमन्त्रीलाई लक्षित गर्दै भने।

 

उनले सीसीटीभी फुटेज सडकमा मकै पोल्नेले मान्नुपर्ने, अरुले मान्नु नपर्ने हो भनी प्रश्न गरे। उनको प्रश्न छ, ‘सीसीटीभी फुटेज माग गरेपछि किन डिलिट गरेको?’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय