नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ।

 

काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन।

 

‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यस बारेमा पनि छलफल गर्न जरुरी छ,’ ठाकुरको भनाइ उद्यृत गर्दै एक नेताले भने।

 

उनकाअनुसार सो बिषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन।

 

लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विधान मस्यौंदा संशाेधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रिय समितिलाई पूर्णता दिने, संगठन सुदृढीकरणदेखि आगमी निर्वाचनको तयारीसम्मका बिषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय