नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउँने निर्णय देउवाले तुहाइदिए पछि दिनभर यहि खबरले राजनितीक बजार तरंगित भइरहेको छ ।एकाएक खेल परिवर्तन भए पछि धेरैलाई अनौठो र रोचक पनि लागीरहेको छ ।

 

 

मन्त्रीबाट हट्न लागेकाहरुको तनाव र मन्त्री बन्न लागेकाहरुले बधाई खाइसके पछि एकाएक एस पार्टीबाट मन्त्रीबनेका पुरानै अनुहारहरु थमौती भए पछि यो सबै खेलको डिजाइन को हो रु भन्ने खोजि पनि सुरु भएको छ ।यो खेलको पछाडी पर्यटन मन्त्री प्रेम आलेको मुख्य हात रहेको खुलासा भएको छ ।

 

 

 

 

प्रेम आले सहित विरोध खतिवडा , किसान श्रेष्ठ र रामकुमारी झाँक्रीको खुस्किसकेको मन्त्री पद ओलेकै चलाखीका कारण बचेको खुलासा भएको छ ।नेकपा एसको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउँने निर्णय गरे लगत्तै आलेले खेलेको खेलले उनी सहित अन्य सबैको पनि मन्त्री पद बचेको बताइन्छ ।नेकपा एसको कोटबाट मन्त्री बने पनि सुरु देखिनै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको विश्वास पात्र बनेर काम गरिरहेका आलेले आफ्नो पुरानो खुबी प्रयोग गरेर मन्त्री पद बचाएको चर्चा चलेको छ

 

 

 

।डोटीका प्रेम ओलेले पहिले देखीनै डढेलधुराका शेरबहादुर देउवासँग सुमधुर सम्बन्ध बनाएर काम गरिरहेका थिए ।मन्त्री हुने बेलामानै एस पार्टीका अध्यक्ष माधव नेपालले ६ महिनाका लागी भनेर मन्त्री बनाएको कुरा नजिक बाट बुझेका उनले त्यहि बेला देखी आफुसँग आठ जना सांसद रहेको भन्दै देउवा माथी विश्वास र दबाव दुवै बढाउँदै लगेका थिए

 

 

 

।यस पटक पनि उनले त्यहि कार्ड खेलेको बताइन्छ ।पहिले देखीनै आफु सँग ८ जना सांसद रहेको भन्दै माधव नेपालसँग मात्रै होइन, नेपाली कांग्रेससँग पनि ८ सांसद देखाउँदै आले बार्गेनिङमै थिए।आलेले ८ जना सांसद ल्याए कि ल्याएनन्रु अध्यक्ष नेपालले आजसम्म खुलाएका छैनन्।तर त्यो कार्डले उनले मन्त्री पद बचाइरहेका छन् ।

 

 

निर्वाचन आयोगबाट गत साउन ९ गते नेकपा एकीकृत समाजवादी पार्टीको नाम अनुमोदन भएपछि असोज २२ गते सरकारमा जाने मन्त्रीको सूचीमा आले पनि थिए। त्यही सूचीबाट उनी पर्यटन मन्त्री बने।

 

 

तर अहिले आएर उनकै कारण एकीकृत समाजवादीको मन्त्री फिर्ता गर्ने निर्णय अलपत्र परेको छ।आइतबार ४ मन्त्रीलाई फिर्ता बोलाउने पार्टी सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्न उनै आलेको भूमिका मुख्य रहेको स्रोतले जनाएको छ।

 

 

 

आलेले नमानेपछि मन्त्री फिर्ताको निर्णय रोकिएको छ। अध्यक्ष माधवकुमार नेपालको निर्णयमा ‘सफ्ट विद्रोह’ गरेका उनी सोमबार दिउँसोसम्म मन्त्रालयमै काम गरिरहेका थिए।समाजवादीको आइतबार बसेको सचिवालय बैठकले चार मन्त्री र एक राज्यमन्त्रीमध्ये आले, कृष्ण श्रेष्ठ ‘किसान’,

 

 

 

विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय ग¥यो।नयाँ मन्त्री बन्ने सूचीमा प्रतिनिधिसभाका सचेतक जीवनराम श्रेष्ठ, सांसद मेटमणि चौधरी, गैरसांसद शेरबहादुर कुँवर र अर्का सांसद हीरा केसी थिए।तर पार्टी निर्णयबारेमा आले, झाँक्री र खतिवडाले आइतवारै अनभिज्ञता प्रकट गरे। उनीहरुले आफूहरुलाई पार्टीको निर्णयलाई बजार निर्णयको पछि नलाग्नसमेत भन्न भ्याए।पार्टीको निर्णय आएपछि

 

 

 

मन्त्री आलेले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ता साझेदार अन्य दलका उच्च नेताहरुलाई समेत भेटेको खुलेको छ।पार्टी निर्णयलाई चुनौती दिएका आलेले यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेको विश्वस्त स्रोतले जनाएको छ।यसअघि आइतबार नै अध्यक्ष नेपालले

 

 

 

सचिवालयबाट नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेर प्रधानमन्त्री देउवालाई बुझाएका थिए।तर, सोमबार मध्यान्हसम्म पनि प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीहरुको शपथका लागि शीतल निवासमा नाम नै पठाइदिएनन्।मन्त्री पदको शपथ लिन तयारी अवस्थामा सोमबार बिहानैदेखि बसेका ५ नेताहरु अन्तिममा हिस्सिने अवस्था आएको छ।

 

 

स्रोतहरूका अनुसार पर्यटनमन्त्री आलेले प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सुझाएका थिए।उनले पार्टी निर्णय कार्यान्वन भए समस्या पार्ने भन्दै अध्यक्ष नेपाललाई चेतावनी दिएको पनि स्रोतको दाबी छ।मन्त्री फिर्ता गर्ने नेकपा एसको निर्णयबारे संचार माध्यमलाई प्रतिक्रिया दिँदा भने ओलेले पार्टीको निर्णय स्विकार गर्ने बताइरहेका थिए ।

 

 

रातीनै प्रधानमन्त्री देउवासँग सेटिङ मिलाएर बसेका उनी दिनभर आरामले मन्त्रालयमा बसेका थिए । एकातिर पार्टीको निर्णय स्विकार गर्ने अभिव्यक्ती दिने अर्को तिर मन्त्रीबाट हटाए राम्रो नहुने चेतावनी दिएर फेरी पनि आलेले बाजी मारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय