नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको स्मरण गरेका छन् । २०६३ जेष्ठ २१ गते प्रतिनिधिसभामार्फत मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो ।

 

 

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको स्मरण गरेका छन् । २०६३ जेष्ठ २१ गते प्रतिनिधिसभामार्फत मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो ।

 

 

 

नेपालको संविधानमा सबैप्रकारका भेदभाव तथा जातीय छुवाछूतजन्य कार्य गम्भीर सामाजिक अपराधकारूपमा समावेश गरिएको स्मरण गर्दै अध्यक्ष नेपालले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थासहित राष्ट्रिय दलित आयोगको गठनको सुनिश्चितता गरेको बताए ।

 

 

 

रञ्जु दर्शना २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् भने पछिल्लो समय विवेकशील साझा पार्टीकी नेतृ रहेकी थिइन् । तर, विवेकशील साझा पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेर उनी अहिले स्वतन्त्र रुपमा बसेकी छिन् ।

 

 

काठमाडौंको मेयरमा बालेन साहलाई जिताउन लागिपरेको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् ।काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो ।

 

 

 

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए ।विवेकशील नेपाली दलका स्वर्गीय उज्जवल थापाले पनि संसदको चुनावमा यही क्षेत्रलाई रोजेका थिए ।

 

 

विवेकशील नेपाली दलबाटै राजनीति शुरु गरेर चर्चामा आएकी रञ्जु दर्शनाले उज्जवल थापाको राजनीतिबाट आफू प्रभावित रहेको बताउँदै आएकी छिन् ।

 

 

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको विजयबाट हौसिएको समुहले क्षेत्र नं १ को सांसदमा पुकार बमलाई अघि सारिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय