दक्षिण अफ्रीका कि एक महिलाले एउटा अजिङ्गर सर्प पालेकी थिइन !

त्यो सर्प उनी सगै सुत्थ्यो ! केही समय पछिको कुरा हो, त्यो सर्पले एक्कासी खाना खान छोड्यो ! ३/४ दिन सम्म पनि खाना नखाएपछी ती महिलाले सर्प सम्बन्धी उपचार गर्ने डाक्टर कहाँ पुगिन र भनिन सर्पले नखाएको ४ दिन भैसक्यो ! यस्लाइ के भएको होला?

अनि डाक्टरले सोधे-यो तपाईं सगै सुत्छ?

महिलाले भनिन-म सगै सुत्छ अनि मलाइ सधै अङ्गालोमा बेरेर कस्छ, सुत्ने बेलामा माया गर्छ ।

 

 

मलाइ यस्ले खाना नखाएको ले धेरै चिन्ता भयो ! महिलाको यो कुरा सुनेर डाक्टर एकछिन मौन रहे, अनि मुख खोले-हेर्नुस बैनी, तपाईं भ्रममा परेर आफ्नो काललाई निम्तो दिदै हुनुहुन्छ ! सर्पले तपाइलाई खानको लागि तयारी गर्दै छ !

 

 

तपाइलाई अङ्गालोमा कसेको मायाले होइन, उस्ले तपाइलाई निल्न सक्छु कि सक्दिन भनेर नापेको हो ! सर्पले तपाइलाई निल्नको लागि पुरै तयारी गर्दै छ !

 

 

त्यसले भोकै बस्नुको कारण सर्पले आफ्नो पुरै खाली गर्दै छ ! अबको केही दिनमा तपाईं माथि त्यसले आक्रमण गर्नेछ ।

डाक्टरको कुराले ती महिला तीन्छक परेर सोचमग्न हुन्छिन ।

 

 

हो, बास्तबमा हामी सङ्ग पनि हाम्रा आफन्त, नाता, गोता, साथीहरु एकदमै माया गर्ने जस्तो निकट भएर हाम्रा कमि-कमजोरी, बास्तबिकता पत्ता लगाएर हामिलाइ लडाउन , गिराउन लागि परिरहेका हुन्छ्न !

 

 

त्यस्ता नक्कली र विषालु माया गर्नेहरुलाइ पहिचान गरेर बेलैमा आफुबाट अलग राख्नु पर्छ ।

नक्कली र बनावटी आफ्नाहरुलाइ बेलैमा चिनौ र जीवन दुर्घटना हुनबाट जोगिनु पर्छ।

साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय