एमाले फुट्यो: प्रभु साशका कारण एमाले तितरवितर – रौतहट एमालेको विवाद उत्कर्षमा (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

 

प्रकाशित मिति । असार, २०७९ ।

 

रौतहट । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले रौतहटको विवाद उत्कर्षमा पुगेको छ । एक महिनाअघि एमालेको ९ औं जिल्ला अधिवेशनमा निर्विरोध नेतृत्व चयन भएपछि विवाद सुरु भएको हो ।

 

लोकतान्त्रिक विधिअनुसार नयाँ नेतृत्वको चयन नभएसम्म साबिक जिल्ला कमिटी मौजुदा रहेको पूर्वअध्यक्षसहितको भेलाले निर्णय गरेपछि विवाद चर्किएको हो ।

 

एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सांसद रेखाकुमारी झाले केही दिनअघि चन्द्रनिगाहपुरमा प्रेस चौतारीको प्रदेश अधिवेशनको उद्घाटन सत्रमा पार्टीको विवादित अध्यक्ष त्रिभुवन साहलाई आसन ग्रहण गराएको भन्दै आक्रोश पोखिन् ।

 

माघ २ गते कटहरियामा भएको अधिवेशनको बन्द सत्रका क्रममा पार्टीको जिल्ला अध्यक्षमा साह चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष उपेन्द्र साहले जानकारी गराएपछि हलभित्र तनाव बढेको थियो ।

 

त्यसलगत्तै अर्का अध्यक्ष भनिएका तुलसी गिरी पक्षले मान्य नहुने भन्दै बहिष्कार गरे । गिरी अधिवेशन अगाडिका जिल्ला अध्यक्ष हुन् । साह एमाले नेता प्रभु साहनिकट हुन् । निर्विरोधभन्दा चुनावबाट नेतृत्व चयन होस् भन्ने गिरीको भनाइ छ ।

 

एमाले नेता साहले नियम मिचेर अध्यक्ष चयन गरेको भन्दै सांसद झाले रोष प्रकट गर्दै आएकी छन् ।

 

उनले बिहीबार पार्टीका नेता साहविरुद्ध उजुरी दिइन् । जिल्ला अधिवेशनका बेला हलको असहमतिका बाबजुद नेता साहले पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन् ।

 

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको उजुरीमा हलले अनुमोदन नै नगरेको, केही पदाधिकारीलाई मध्यरातमा नेता साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको निन्दा गरिएको छ ।

 

उनले रौतहट जिल्ला अधिवेशन सम्पन्न नभएको दाबी गरेकी छन् । निर्वाचनको मुखमा जिल्लाका नेताबीचको विवादले कार्यकर्तामा नैराश्यता छाएको उनले बताइन् ।

 

संगठनलाई कसरी अगाडि बढाउने बेलामा झगडा गरेर कमजोर हुने एमाले जिल्ला सचिव अनमोल कार्कीले बताए । ‘चुनावका बेला एकढिक्का हुनुपर्छ,’ उनले भने, ‘यसरी विवाद बढाउनु हुँदैन । अब सबै गाउँ छिर्नुपर्छ ।’

 

एमाले नेता एवं पूर्वसभासद बबन सिंहले नियम मिचेर गरिएको अधिवेशन विफल भएको बताए । उनी केही समयअघि एमाले प्रवेश गरेका थिए ।

 

‘सबै साथीहरूको भावनाविपरीत नेतृत्व चयन भनेर नाम सुनाएकाले यो मान्य हुँदैन,’ उनले भने, ‘निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्छ ।

 

यसरी आफ्नो मान्छेलाई टीका लगाउने कार्य बन्द हुनुपर्छ ।’ नेता साहले शानदार तरिकाले अधिवेशन सम्पन्न भएको दाबी गर्दै आएका छन् । उनले नियम प्रक्रियागत जिल्ला कमिटी चयन भएको बताए ।

 

पुर्वमाओवादी समुहको एमालेमा अस्तित्व नभएको खुलासा !

 

काठमाडौं

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र माओवादी विउ छाडेको बताएपछि राजनीतिक बृत्तमा तरंग भएको छ ।

 

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिने अनुभव उनले सुनाएका थिए ।

 

‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डले भनेका थिए,‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर,

 

 

 

‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डले भनेका थिए,‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’

 

प्रचण्डले सार्वजनिक रुपमै एमाले भित्र बिउ रोपिएको प्रसंग उठाएपछि ती बिउहरुको खोजी हुन थालेको छ ।

 

प्रचण्डले भनेको बिउ घनश्याम भुषाल, भिम रावलहरु हुन् वा माओवादी केन्द्रकै पुरानो बिउ भन्ने प्रश्न उठेको छ ।

 

माओवादीको असली बिऊको एमालेकरण की एमालेको माओवादी करण ?

 

सर्वोच्च अदालतको फैसलापछि विभाजित भएको तत्कालिन नेपाल कम्युनिस्ट पार्टीका केही पूर्व माओवादी नेता एमालेमै छन् ।

 

तत्कालिन नेकपा माओवादी केन्द्रका महासचिव समेत रहेका राम बहादुर थापा बादल, स्थायी समिति सदस्य लेखराज भट्ट, मणि थापा र प्रभु शाह लगायत नेताहरु एमालेमै छन् ।

 

यतिसम्मकी तत्कालिन एमाले विरुद्ध खरो रुपमा प्रस्तुत हुने पूर्वसांसद बालकृष्ण ढुंगेल समेत एमालेमै छन् । अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग अलग दलको रुपमा स्थापित भएका थिए ।

 

एमाले भित्रको असन्तुष्ट समुहले नेकपा एकीकृत समाजवादी नामक दल बनाएर संसद र सरकार दुवैमा छ । त्यहाँ पूर्व माओवादीका कुनै पनि नेता कार्यकर्ता छैनन् । तर, नेकपा एमालेमा भने राम बहादुर थापा बादलको नेतृत्वमा ठूलो समुह छ ।

 

नेकपाको सरकार रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कोटाबाट गृहमन्त्री बनेका ‘बादल’ विभाजनको दिनसम्म मौन थिए । बादल मौन रहेपनि माओवादी नेता कार्यकर्तामा भने उनी माओवादीमै फर्कने विश्वास थियो ।

 

तर, नेकपा एमालेले राजधानीको दरबारमार्गमा गरेको जनसभामा बादल उपस्थित भए । दरबारमार्गबाट माओवादी केन्द्रका अध्यक्ष लगायत नेतालाई चिडिया घरमा राख्नेसम्मको अभिव्यक्ति दिए ।

 

हाल नेकपा एमालेको उपाध्यक्ष रहेपनि उनी बरियतामा निकै तल छन् । यसअघि ईश्वर पोखरेल भन्दा सिनियर हैसियत दाबी गरेका उनी यतिबेला हैसियतविहिन ‘उपाध्यक्ष’को रुपमा छन् ।

 

जनयुद्धको राप र तापबाट स्थापित भएका बादललाई एमालेका कार्यकर्ताले क्षणिक नेतृत्वमा विश्वास गरेपनि कालान्तरमा गर्ने छैनन् भन्ने कुरा एमालेको नाटकीय महाधिवेशनमै देखियो । उनले अन्य नेता भन्दा निकै कम मत पाएका थिए ।

 

हाल बादल एमालेमा रहेपनि माओवादी बिउ भने पक्कै हुन् । प्रचण्डको संकेत बादल समुहलाई पनि हो की भन्ने एमाले कार्यकर्ताकै आशंका छ । एमाले भित्र बादल समुहका रुपमा लेखराज भट्ट, मणि थापा र प्रभु साहहरुलाई लिइन्छ ।

 

उनीहरु सबै माओवादी पृष्ठभूमिका नेता हुन् । उनीहरु एमाले बनेपछि माओवादीको एमालेकरण भएको एमाले नेताको विश्लेषण छ । उनीहरुले एमालेलाई माओवादीकरण गरे भने प्रचण्डले भनेको बिउको सार्थकता हुनेछ ।

 

तर, एमालेकरण भएका नेताहरुको रवैयाहेर्दा त्यसको आशा गर्ने ठाउँ छैन । किन भने उनीहरुले एमालेकै नेताहरु भिम रावल र घनश्याम भुषालले जति नेतृत्वप्रति प्रश्न गर्ने आँट समेत गर्न सकेका छैनन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय