शुक्रबार , बैसाख १४, २०८१

रबि लामिछाने पल साहालाई भेट्न भोलि जाँदा के रबिले के गर्लान ? पल लाई छुटाएर लिएर सङै आउलान या के गर्लान ? सबै कुराको जवाफ अब एउटै भिडियोमा हेर्नुहोस । भिडियो हामिले यो समाचार को अन्त्यमा राखेका छौ । भिडियी हेर्न तल अन्त्य मा जानुहोला । बाँकी थप अर्को समाचार पढेर भिडियो हेर्न तल जानुहोला ।

 

लमजुङ – आज असार १७

 

धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्ष देशभर असार १५ मनाइएको छ । लमजुङमा पनि विभिन्न सङ्घ–संस्थाले धान रोपाइँ कार्यक्रम गरी असार १५ मनाएका छन् । कृषि ज्ञान केन्द्र, विभिन्न पालिकाका साथै कृषक समूहहरूले आ–आफ्नो क्षेत्रमा धान रोपाइँ गरी असार १५ मनाएका हुन् ।

 

ज्ञान केन्द्र र स्थानीय करपुरेश्वर महिला कृषक समूहको समन्वयमा बेसीसहर नगरपालिका ८ मा रहेको दनाइँफाँटमा धान रोपाइँ गरिएको छ । जिल्लाका प्रायः सबै पालिकामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजयराज पौडेलले जानकारी दिनुभयो । यसैगरी सुन्दरबजार नगरपालिका कृषि शाखाको आयोजनामा वडा नम्बर ६ मा रहेको नगरपालिका कार्यालय परिसरको सातफाँटमा धान रोपाइँ गरिएको छ ।

 

त्यही अवसरमा महिला पुरुष दुवैतर्फ छुट्टाछुटुटै हिले दौड प्रतियोगिता समेत सञ्चालन भएको छ । १३ जना पुरुष र आठ जना महिलाबीच भएको हिले दौडमा महिलातर्फ लक्ष्मी दसुनी पहिलो, सीतादेवी पण्डित दोस्रो, सविना बस्याल तेस्रो र रामदेवी सेढाइँ सान्त्वना हुनुभएको छ ।

 

पुरुषतर्फ राजेश गोतामे पहिलो, देवी पण्डित दोस्रो, विनोद श्रेष्ठ तेस्रो र दिवाकर पौडेल सान्त्वना हुनुभएको कृषि शाखा सुन्दरबजार नगरपालिकाका प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरस्कारस्वरूप क्रमशः नगद एक हजार पाँच सय, एक हजार, सात सय र पाँच सय रुपैयाँ प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय