शुक्रबार , बैसाख १४, २०८१

प्रेमआले र प्रेम सञ्जेल एकै ठाउँमा, के होला अब केही समय यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चर्चामा छन् । चर्चा त उनको पहिलो पटक मन्त्री भएको बेला

 

पनि थियो नै । अहिले पनि चर्चाको शिखरमा छनपहिले उनको सकारात्मक भन्दा नकारात्मक टिप्पणी बढी सुनियो । अहिले सकारात्मक चर्चा छ । त्यसबेला हरेक काम र कुराको उल्टो

 

अर्थ लाग्ने गरेको आलेको अहिलेको काम र कुराको अर्थ सुल्टो लाग्न थालेको छ ।मन्त्री आलेले अक्सिजनको चरम अभाव हुँदा जोहो गरेरै गाउँठाउँमा अक्सिजनका सिलिण्डर पु“याए ।

 

ती सिलिण्डरमा आफ्नै फोटो टाँसेर सहयोग जुटाउने व्यक्तिको परिचय खुलाए ।त्यसको अर्थ उल्टो लाग्यो र विपद्मा पनि प्रचार खोजेको भनेर आलोचना भयो । मन्त्री भएपछि उत्तेजित

 

भएर भाषण गर्दा उले रुखले कार्वनडाइअक्साइड दिन्छ भनेर बोली चिप्ल्याए त्यो सामान्य त्रुटि भएपनि ठूलो ट्रोल बन्न पुग्यो त्यस्ता थुप्रै काम बोलीहरु उनका बाहिरिए अधिकांशको आलो

 

चना नै भयो । यद्यपी उनी केपी ओली नेतृत्वको सरकारमा मन्त्री हुँदा राम्रै चर्चामा रहे ।अहिले समय र सन्दर्भ फेरिएको छ ।प्रेम आलेको राजनीतिक दल र दृष्टिकोण पनि फेरियो । समान

 

के छ भने उनी अहिले पनि मन्त्री छन् र चर्चामै छन् । यसपटक उनको सकारात्मक चर्चा छ । उनले नारायणहिटी दरबार क्षेत्र को ऐतिहासिकता नष्ट हुनेगरी जग्गा अतिक्रमण गरेको विषय

 

सतहमा ल्याइदिए । त्यो कुरालाई जनताले सकारात्मक लिए का छन् ।उनले त्यतिमात्र गरेनन् पशुपति नाथ मन्दिर परिसरमा स्थापना गरिएको धर्मशालालाई स्टार होटलको रुपमा अमुक

 

व्यापारिले चलाइरहेको विषय पनि सार्वजनिक गरिदिए विदेशमा अलपत्र बनेका नेपाली उद्धार गर्न विमान चार्टर गर्दा भएको अनियमितताको विषय पनि उनैले उजागार गरे । जसले आज

 

प्रेम आलेको चर्चा चुलिएको छ । अहिलेको चर्चा सकारात्मक छ भन्नेहरुले भनिरहेका छन् कि ‘संगत गुनाको फल भनेको यही हो’। हिजो ओलीसँग हुँदा उनका हरेक काम र बोलीहरुको पनि

 

नकारात्मक अर्थ लाग्थ्यो । आज उनको संगत ओलीसँग छैन र उनको काम र बोलीको अर्थपनि नकारात्मक लागेको छैन । सायद यसलाई एउटा संयोगनै मान्न सकिएला । चर्चा प्रेम

 

आलेको मात्र होइन केही समय अघिसम्म विराटनगरमा प्रेम नाम गरेकै एकजना प्रशासक थिए, प्रेम सञ्जेल ।आफ्नो कर्यकालको अन्तिमतिर सञ्जेलको चर्चा राष्ट्रिय रुपमै रह्यो ।

 

जनताको काम गर्ने तर शासकमाथि कटु बचन बोल्ने उनको शैली जनताले मन पराउँथे । जनताप्रति उत्तरदायी भएपछि उनले गर्ने एकदुई कमजोरी जनताले भुलिदिन्थे ।हरेक समस्या

 

मा परेका व्यक्तिको साथी र सहयोगी बन्ने उनको कार्यशैलीले सकारात्मक चर्चा बटुल्थ्यो । उनको बोल्ने शैली र भाष राम्रो थिएन तरपनि सेवाग्राही वा जनताले त्यो कमजोरी लाई छुट।।

 

दिन्थे ।यी दुई पात्रको कुरा गर्दा कतै नामको संयोग पनि मिले को भान हुन्छ । दुवैको काम

 

दिन्थे ।यी दुई पात्रको कुरा गर्दा कतै नामको संयोग पनि मिले को भान हुन्छ । दुवैको काम गर्ने र बोल्ने शैली मिल्दोजुल्दो । काममा इमान्दारिता, आ”क्रमकता र बोलीमा कटुता दुवैको

 

समान छ । केही दिन अघि मन्त्री आलेले आफ्नै कर्मचारीलाई साँढे भनेर सम्बोधन गरे ।सञ्जेल पनि आचरणमा कमजोर आफ्ना कर्मचारीलाई तँ भ्रष्टे भनेरै सम्बोधन गर्थे । तर, उनीहरु

 

दुवैजना जनताप्रति उत्तरदायी र आफ्नो काममा लगनशील नै देखिए । यो पनि प्रेम नामको एउटा संयोग हो । साभार शुदर्शन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय