शुक्रबार , बैसाख १४, २०८१

नेकपा (एमाले)ले गणतन्त्रको खोस्टोको संज्ञा दिएका छन् । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुश गर्न नसक्ने कागजको गणतन्त्रले समाधान दिन नसक्ने बताएका छन् ।

 

 

एमाले चाँगुनारायण ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताएका हुन् ।

 

 

 

 

उनले भने अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेको थियो तर काम गर्न दिइएन।एमाले सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहँदा बढ्दै गएको दाबी गरे । ज्ञवालीले भने यतिखेर एमाले प्रतिपक्षमा छ गतिशील छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ यो आम जनताको विश्वासले हो ।

 

 

 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलावाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी जिल्ला कमिटीका राजु सुवेदी नगर कमिटीका अध्यक्ष राम तिमल्सिना वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गरे ।हामिलाई एक पटक दुई तिहाई बहुमत दिनुहोस लिपुलेक कालापानी फिर्ता गराएरै देखाउँछौ : केपि ओली

ओलीले भने, ‘एक्काइसौं शताब्दीमा हामीले समस्याहरू भन्न नसकेर, बोल्न नसकेर कहिले बोल्ने ? सरकारमा बस्नेहरूले आफ्ना सत्ता स्वार्थमा ध्यान दिएर देशको हितलाई दाउमा राख्ने काम गर्नु हुन्न।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु कुनै राष्ट्रसँग सम्बन्ध

 

 

 

बिगार्नु नभएको स्पष्ट पारेका छन्। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको बताए। उनले भने, ‘हामीले हाम्रो भूमि फिर्ता माग्नु कुन चाहिँ अनौठो कुरा हो ? यहाँ साथीहरू आठौं आश्चर्य जत्तिकै ठान्नुहुन्छ।’

 

 

 

मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको बताए। ओलीले भने, ‘राजनीतिक उत्तारचढाव नभएको भए अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल हुन्थ्यो भन्ने मलाई लाग्छ।’

 

 

 

परराष्ट्र नीतिमा देखिएको कमिकमजोरीका विषयमा पूर्वराजदूतहरूले राखेको उक्त छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत पूर्वराजदूतहरूको पनि सहभागिता थियो।कार्यक्रममा पूर्वमन्त्री ज्ञवालीले एमसीसी र एसपीपी विल्कुल फरक विषय भएता पनि एमसीसी गिजोलेको जस्तै एसपीपी पनि गिजोल्ने काम भएको बताए।

 

 

 

उनले भने, ‘यतिबेला राजनीति च्यालेन्ज छ। हरेक विषयलाई राजनीतिक दृष्टिकोणले नै मूल्यांकन गरिन्छ। कूटनीतिदेखि हरेक क्षेत्रमा सामान्य विषयलाई पनि तोडमोड गरेर उछाल्ने काम गरिन्छ। जेजस्ता जतिवटा समूह भए पनि हामी हाम्रो परराष्ट्र नीतिमा प्रतिबद्घ हुनु जरूरी छ।

 

 

 

’पूर्वपरराष्ट्रमन्त्री तथा राजदूतसमेत रहेका डा. भेषबहादुर थापाले भने, ‘पछिल्लो समय कमजोर परराष्ट्र नीतिका कारण छिमेकी देशसँगको सम्बन्धमा समेत चिसोपना आयो। देशका प्रमुख कूटनीतिक मद्दामा पनि एक–अर्कालाई दोषारोपण गर्ने काम भयो।

 

 

 

यस विषयमा पूर्वप्रधानमन्त्रीसँग छलफल गरेका हौं।’अर्का पूर्वराजदूत डा. विश्वम्भर प्याकुरेलले भने कुटनीतिमा पनि आर्थिक कूटनीतिक विषय अहिलेको समयमा महत्त्वपूर्ण भएको बताए।

 

 

 

कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा एक जुट रहँदै आएको कुरा उल्लेख गर्दै आफूले उच्चस्तरीय वार्ताको क्रममा राष्ट्रिय हितको विषयमा नेपाली एक जुट छौं भन्ने राखेको बताए।

 

 

देशको आकार सानो, ठूलो हुनसक्ने र विकासको कुरामा अघिपछि हुनसक्ने तर सार्वभौमसत्ता सानो, ठूलो नहुने भन्दै उनले राष्ट्रसँगको व्यवहारको सन्दर्भमा न्यायोचित नभएको बताए।

 

 

 

उनले भने, ‘भौगोलिक अखण्डता, सीमासम्बन्धी छलफल गरौं र यसलाई टुंग्याऔं। यो हाम्रो भू–भाग चाहिँ हामीलाई फिर्ता चाहियो भन्नु आश्चर्य होइन। राजनीतिक खिचातानी नभएको भए यो समस्या अहिलेसम्म समस्या समाधान भइसक्थ्यो।’’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय