काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई लाज शरम पचेको मान्छे भनी टिप्पणी गरेका छन् ।

 

 

शनिबार एमालेको काठमाडौं महानगरपालिका स्तरीय समितिले गरेको कार्यक्रममा उनले माधव नेपालले आफूले पूजा गरेको मन्दिरमा अहिले थुकेको टिप्पणी गरे ।

 

 

 

‘देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने ?’नेपाल मात्र होइन, दुनियाँको धेरै देशमा पुगेँ, माधव नेपालजस्तो शरम पचेको मान्छे

 

 

 

ओलीले भने, ‘मैले यति साह्रो लाज शरम पचेको मान्छे, माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहिँ पनि देखेको छैन ।ओलीले माधव नेपालको पार्टीमा अन्तिममा माधव नेपाल मात्र बाँकी रहने टिप्पणी गरे ।

 

 

 

‘माधव नेपाल पार्टी अन्तिममा पनि माधव नेपाल नै हुने हो’ उनले ब्यंग्यात्मक शैलीमा भने, ‘त्यो एकीकृत नै रहन्छ । माधव नेपाल एकीकृत नै रहन्छ ।’

 

 

व्यक्तिको पहुँचका आधारमा नेताहरूले काम गरेका र सामान्य कार्यकर्ताका प्रस्तावलाई बेवास्ता गरेको आरोप पनि प्रतिनिधिले लगाएका थिए। पार्टीमा मौलाउँदो ‘गणेश’ प्रवृत्तिमा तत्काल रोक लगाउनुपर्ने उनीहरूले बताएका थिए।

 

 

 

‘नेताहरूका वरिपरि धेरै घुम्ने, अरूलाई गाली गर्ने तर नीति र सिद्धान्तप्रति प्रतिबद्ध नभएका धेरै देखियो, नेताहरूसँग घुमेर रमाउने मात्रै नेता–कार्यकर्ता देखिए, उनीहरूले नै नेताहरूलाई चलाएको देखियो’, बैठकमा सहभागी एक प्रतिनिधिले भनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय