काठमाडौं । लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेका छन् ।

 

 

टेलिभिजन कार्यक्रममार्फत राजनीतिक आर्थिक सामाजिक क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमासमस्यामा परेकाहरुलाई सोही कार्यक्रममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बना एको उनकै एक सहयोगीले बताए ।

 

 

उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलि भिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारीमा छन् ।

 

लामिछाने काठमाडौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।यदि दलबाट चुनाव लडिहाले पनि जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट चुनाव नलड्ने उनको योजना रहेको छ । लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय पनि छ ।

 

र यो पनि

 

सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयद्वारा आयोजित विदाइ कार्यक्रममा भावुक बनेकी छन्। मन्त्रालयका कर्मचारीहरु बोल्दैगर्दा मन्त्री झाँक्री आँशु पुछिरहेकी थिइन्।आँशु पुच्छै झाँक्रीले भनिन्, ‘एकदमै गाह्रो भयो म कमजोर मान्छे।’ आँशु पुछ्दैगर्दा मन्त्रालयका सचिवले ‘यत्तिको एक्सेस भएको मन्त्री पाउन गाह्रो छ। उहाँको कार्यकालमा राम्रो व्यवस्थापन भएको छ’ भन्दै ढाड्स दिएका थिए।

 

सञ्चारकर्मीसँगको प्रश्नोत्तरमा पनि उनले जम्मा दुइटा प्रश्न सोध्न आग्रह गरिन्। उनले सञ्चारकर्मीलाई आग्रह गर्दै भनिन्, ‘मलाई अलि रिस उठ्ने प्रश्न सोध्नुस्। अलि हल्का हुन्छ कि।’

 

केही सञ्चारकर्मीले प्रश्न सोधे पनि उनले आफूले बोल्नै नसक्ने भन्दै आग्रह गरिन्। ‘म बोल्नै सक्दिनँ। मलाई बोल्न गाह्रो भयो,’ उनले भनिन्, ‘म इमोशनल मान्छे। इग्नोर गर्‍यो भन्नुहोला।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय