सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टीको परिकल्पना गरेकी छन्।

 

पार्टी अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा अस्ति राति भएको चर्काचर्कापछि झाँक्रीले क्याबिनेटबाट फिर्ता हुने विषयमा उक्त धारणा राखेको मन्त्रीनिकटस्थहरुले बताएका छन् ।

 

पार्टी नेतृत्वले छ महिनाको कार्यकाल तोकेर पठाए पनि अहिले चार जना मन्त्रीले जिम्मेवारी छाड्न नचाहेपछि एकीकृत समाजवादीभित्र निकै अप्ठेरो अवस्था उत्पन्न भएको छ ।

 

 

अस्ति राति अध्यक्षको सामुन्ने कोटेश्वरमा केही मन्त्री र सांसदबीच भएको चर्काचर्कीपछि झाँक्रीले महिलाहरुलाई मात्र समेटेर नयाँ पार्टी गठन गर्ने सोच राखेको खबर बाहिरिएको हो ।

 

स्रोत भन्छ, ‘महिलाको मात्रै अलग्गै पार्टीको परिकल्पना गर्नुभएको बुझियो । अहिले स्वतन्त्र भनाउँदाहरुले समेत राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएपछि मन्त्री तथा नेतृ झाँक्री थप दबाबमा पर्नुभएको हुनसक्छ ।’

 

यस्तै, नेकपा एमालेका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत माधव नेपाल र झलनाथ खनालले खेलाडीलाई बिस्तारै चिन्दै जाने बताएका छन् ।

 

 

नेकपा एकीकृत समाजवादीका १० सांसदहरुले पछिल्लो समय नेतृत्वले लिएका विभिन्न निर्णयहरु सही नभएको भन्दै विद्रोह गरेपछि एमालेका नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत माधव नेपाल र झलनाथ खनालले खेलाडीलाई बिस्तारै चिन्दै जाने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय