काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्ने बताएका छन्।

 

 

 

अखिल नेपाल महिला स‌ंघ (समाजवादी)ले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोध गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाइएका मन्त्रीहरुको आजै सपथ हुन सक्ने बताएका हुन्।

 

पार्टीले निर्णय गरेर पठाएको नाम फेरवदल नहुनेतर्फ संकेत गर्दै नेकपा एसका अध्यक्ष नेपालले भने, ‘छिट्टै नयाँ मन्त्रीहरुको सपथ हुन्छ। आजै हुने पनि संभावना छ।’ अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

 

नेपालले भने, ‘बाहिर चलेका कुरा नसुन्नूहोस्। इमान्दार कार्यकर्ताले पार्टीको निर्णय मान्छ। पार्टीको निर्णय अक्षरस कार्यान्वयन हुनेमा ढुक्क हुनुहोस्।’ अध्यक्ष नेपालले आफ्ना केही मन्त्रीले पदबाट राजीनामा दिएको र उक्त राजीनामा पत्र आफ्नो खल्तीमा रहेको बताए। तर अध्यक्ष नेपलालले राजीनामा दिएका मन्त्रीहरुको बारेमा केही बताउन चाहेनन्।

 

अध्यक्ष नेपालले भने, ‘केही मन्त्रीहरुको राजीनामा मेरो गोजीमा छ, सरकारले आफ्नो पार्टीको निर्णय कार्यान्वयन गरेसँगै राजीनामा दिने मन्त्रीको नाम सार्वजनिक गर्छु।’ मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एसभित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय