शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं:

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ७० हजार ९ सय ६० मतगणना हुँदा बालेन एमालेका केशव स्थापित भन्दा १२ हजार ६ सय ११ मतान्तरले अगाडि छन् । बालेनले २६ हजार ८ सय ३८ मत

पाउँदा दोस्रो स्थानमा रहेका स्थापितले १४ हजार २ सय ७७ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ६ सय ७३ मत पाएकी छन् ।

मतगणना भएका २७ र २८ वडाबाहेक अरु सबैमा बालेन अगाडि छन् । पछिल्लो विवरणअनुसार २७ नम्बर वडामा ९ सय २२ मतगणना हुँदा स्थापितले ३ सय ८ मत पाएका छन् ।

सिर्जनाले २ सय ३५ र बालेनले १ सय ६१ मत पाएका छन् । त्यस्तै २८ नम्बरमा पनि बालेन पछाडि छन् । ३ हजार ३१ मतगणना हुँदा स्थापितले ७ सय ४१,

सिर्जनाले ७ सय ३० र बालेनले ७ सय २१ मत पाएका छन् । यी बाहेक गणना भएका र भइरहेका सबै वडामा बालेन अगाडि छन् ।

यता, धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार आचार्य निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका रामप्रसाद विडारीलाई पराजित गर्दै एमालेका आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित आचार्यले १० हजार ३५५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विडारीले ८ हजार ११६ मत पाए ।

आचार्य दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा भने माओवादी केन्द्रका यन्त्रबहादुर थापा विजयी भएका छन् ।

थापाले ९ हजार ४३१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बिका रुपाखेतीले ९ हजार ९१ मत पाइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय