शुक्रबार , बैसाख १४, २०८१

काठमाडौँ –

बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली काँग्रेसका कार्यकर्ता बीचमा झडप भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर र ३ सेल अश्रुग्याँस प्रहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए ।

सदरमुकामबाट ३० किलोमिटर टाढा चुनाव प्रचारको क्रममा काँग्रेसको प्रचार टिमसँग हिँडेको कुकुरलाई हिर्काएको निहुँमा झडप शुरु भएको थियो ।

झडपमा समाजवादीका दुईजना, नेपाली काँग्रेसका ३ जना र १० जना प्रहरी सामान्य घाइते भएका छन् । शुरुमा अस्थायी प्रहरी पोष्ट पाण्डुसेनले स्थिती

नियन्त्रणमा लिने प्रयास गरेको थियो । अहिले जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको सहायक प्रजिअ विष्टले बताए ।

बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र डीएसपी चतुर्भुज ओझा पनि घटनास्थलमा पुगेका छन् । अहिले स्थिति नियन्त्रणमा आएको छ ।

जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार एसएलआरबाट १५ राउण्ड र थ्रिनट थ्री पेस्तोलबाट ८ राउण्ड हवाई फायर गरिएको छ ।

एकीकृत समाजवादीका पुर राउतको हातमा च’क्कुको चोट छ । अर्का एकजनाको टाउकोमा चोट लागेको छ । दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । दुहबी नगरपालिका-९ को छाताबेली चोकमा स्थानीय तह

निर्वाचनको प्रचार-प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख

सञ्जयसिंह थापाले बताए । उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर

आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे (गीत) बजाएको भन्दै विवाद सुरु भएको थियो ।

विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो। झडपछि घटनास्थलमा भेला भएको

भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय