काठमाडौं:

नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ। मेचीनगरमा एमालेका

उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका

आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए।

उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक हुन्। पार्टीबाट निष्कासित हुनेमा उपप्रमुखको बागी उम्मेदवार

घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी रहेका छन्। वडा नं २ का आधिकारिक उम्मेदवार दीपक

बरालविरुद्ध बागी उम्मेदवारी दिएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बास्तोलालाई पनि एमालेले कारबाही गरेको छ।

बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन

उल्लंघन गरेको आरोपमा एमालेले कारबाही गरेको छ। वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेदवार नेत्रप्रसाद दाहाललाई समेत

पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय