शुक्रबार , बैसाख १४, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति र पर्चामा चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो । ‘जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक

समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पारौ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार

जारी विज्ञप्ति र पर्चामा चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो । ‘जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक

समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पारौ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय