आइतबार , बैसाख १६, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस ?️?️?️

गठबन्धनको निर्णयलाई झट्का दिदै चितवन कांग्रेशको भित्र तयारी बहिरिएपछि रेणु दाहाल सहित प्रचण्ड ततावमा परेका छन्।

स्थानीय चुनावमा  चितवनमा बेग्लै रोचक भिडन्त हुने देखिएको छ। स्थानीय तहको निर्वाचनमा बागी हालेका उम्मेद्वारले मनोनयन फिर्ता लिएका छैनन्।

देशभरका अधिकांश स्थानमा बागी परेपनि उनीहरु पछि नहट्दा चितवन लगायतका स्थानमा गठबन्धन संकटमा परेको छ।

गत बुधबारदेखि नै गृहमन्त्री बालकृष्ण खाण चितवनमा थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेद्वार रेनु दाहालविरुद्ध बागी हालेका

नेता जगन्नाथ पौडललाई पछि हटाउन गृहमन्त्रीलाई चितवन पठाएका हुन्। विहिबार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि देउवाले चितवन पठाए।

राज्यसत्ताकै प्रयोग गरेर सरकारका दुईमन्त्री बागी झिकाउन तीनदिनदेखि युद्धस्तरमा खटिएपनि बागी हालेका पौडेल ब्याक भएनन्।

निर्वाचन आयोगले उम्मेद्वारी फिर्ताका लागि दिएको समयसीमा शुक्रबार बेलुका पाँच सकियो, तर जगन्नाथ पौडेलको उम्मेद्वार फिर्ता भएन्।

अब उनी गठबन्धनका तर्फबाट महानगरको उम्मेद्वार बनेकी माओवादी नेतृ रेनु दाहाल र नेकपा एमालेका उम्मेद्वार विजय सुवेदीसँग चुनाव भिड्ने पक्का भएको छ।

तथापी मेयरमा स्वतन्त्रतर्फका दुर्गाप्रसाद शर्मा र उपमेयरमा स्वतन्त्र उमेदवारी दिएका भोजराज कौडाल र रविचन्द्र अधिकारीले उम्मेद्वारी फिर्ता लिएका छन्।

जनकपुरधाम उपमहानगरमा बागी हालेका काँग्रेस नेता मनोज साहले समेत उम्मेद्वारी फिर्ता लिएनन्। उस्तै संकट परेको पोखरा महानगरमा काँग्रेसका तीन नेताले बागी हालेका थिए।

गठबन्धनको तर्फबाट एकीकृत समाजवादीले मेयरको भाग पाएपछि असन्तुष्ट काँग्रेसले अवरोध गर्दै बागी हालेका हुन्। तर यहाँ दुई जनाले अन्तिममा उम्मेद्वारी फिर्ता लिएका छन्।

मेयरमा उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन फिर्ता लिएका हुन।

मनोनयन फिर्ता लिएपछि सापकोटाले केही दिन सांकेतिक विद्रोह गरेको तर आफूहरुको कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताएका छन्।

देशभरका अधिकांश स्थानमा बागी परेको छ। केन्द्रबाट शिर्ष नेतृत्वले निर्देशन नै चलाएपछि बागीहरु अडानबाट पछि हटेका छैनन्।

बरु उनीहरु पार्टीले गरेको कारबाही भोग्न तयार भएका छन्। सत्ता गठबन्धनले जे चाहेको थिएन त्यही भयो। बागी उम्मेद्वार गठबन्धनको चाहना थिएन,

तर आफ्नै उम्मेद्वारीविरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि पाँच दलीय मोर्चा दबाबमा परेको थियो। उम्मेद्वारी फिर्ताको समयसम्म बागी पछि हट्ने र हटाउने शिर्ष नेताहरुको

आश थियो। तर आफ्नै उम्मेद्वारविरुद्ध असन्तुष्टहरुले बागी हालेपछि गठबन्धन दबाबमा परेको छ। विपक्षी दल एमाले उत्साहित बनेको छ।

रेणु दाहाललाई हराउँन कांग्रेस लाग्ने: चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिने सत्तारुढ गठबन्धनको औपचारिक निर्णय छ।

लामो बहसपछि चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्न नेपाली कांग्रेस तयार भएको हो। तर, भरतपुर महानगरपालिका

माओवादी केन्द्रलाई दिने औपचारिक निर्णय भइसक्दासमेत चितवन कांग्रेस भने यो निर्णयलाई मान्न तयार भइरहेको छैन। उनीहरुले अझै पनि

अवस्था जस्तोसुकै आउने सम्भावनालाई आंकलन गर्दै आवश्यक तयारी गरिरहेका छन्। भरतपुरको मेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

दाहाल प्रचण्डकी छोरी रेनु दाहाल फेरि साझा उम्मेदवार बन्ने भएपनि चितवन कांग्रेसले भने उनलाई सहयोग नगर्ने भित्री तयारी थालेका छन्।

चितवन कांग्रेसले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनाउने भित्रि तयारी थालेको एक नेताले बताए। केन्द्रको निर्णय

अवज्ञा गर्दै स्वतन्त्र उम्मेदवार उठाएर भरतपुरमा रेनुलाई हराउने अभियानमा कांग्रेसका नेताहरु सक्रिय भएको माओवादी केन्द्रका नेताहरु पनि बताउँछन्।

नेपाली कांग्रेसले जुनसुकै समयमा धोका दिन सक्ने बुझेका मेयर रेनु दाहालले पनि आवश्यक तयारीसहित कार्यकर्तामाझ सर्कुलर जारी गरेकी छिन्।

उनले मेयरमा समर्थन नगर्ने अवस्था भएमा उपमेयर पनि कांग्रेसलाई दिन नसक्ने भन्दै बागी उम्मेदवार खडा गर्नका लागि सर्कुलर गरेकी बुझिएको छ।

मेयर दाहालले पनि एकजना बागी उपमेयर खडा गरेर राख्न भरतपुर कांग्रेसमा सर्कुलर जारी गरेकी माओवादी केन्द्रका एक नेताले बताए।

तर, माओवादी केन्द्रको तर्फबाट उपमेयरको बागी उम्मेदवार कसलाई बनाउन खोजिएको हो भन्नेबारे भने खुलेको छैन। बुधबार सत्ता गठबन्धनबीच ६

महानगरपालिका र ११ उपमहानगरको भागबन्डा औपचारिक रुपमै मिलेपछि महानगरपालिका र उपमहानगरपालिकाहरुमा आवश्यक तयारी सुरु भएको छ।

महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका कुनकुन दलले साझा उम्मेदवार उठाउने सहमति जुटाउन दलहरुको बैठक निरन्तर बसिरहेको थियो।

सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो। त्यस्तो बैठकले सहमति गरेको हो। सहमति अनुसार नेपाली काँग्रेसबाट महानगरपालिका मेयर काठमाडौं,

ललितपुर र विराटनगरमा, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा उम्मेदवार बनाउने छन्।

उपमेयरमा काठमाडौंमा नेकपा एस, ललितपुरमा माओवादी, विराटनगरमा जसपा र वीरगञ्ज, भरतपुर र पोखरामा काँग्रेसका साझा उम्मेदवार हुनेछन्।

दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ। नेकपा माओवादी केन्द्रले जीतपुर

सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ।

यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ। यसअघि २०७४ सालमा भएको

स्थानीय चुनावमा ६ महानगरमध्ये दुई काठमाडौं र पोखरा एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो।

भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय