आइतबार , बैसाख १६, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस्?️?️?️

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघनको विषयलाई लिएर शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

यो समाचार सौर्य दैनिकमा प्रकाशित छ। निर्वाचन प्रयोजनका लागि आचारसंहिता जारी भइसकेको अवस्थामा आयोगको अनुमति नलिई अमेरिका भ्रमणमा

गएको विषयलाई लिएर मन्त्री झाँक्रीलाई स्पष्टिकरण सोधिएको हो । निर्वाचन आचारसंहीता जारी भइसकेपछि मन्त्री झाँक्री अमेरिका भ्रमणमा गएकी थिइन् ।

मन्त्री झाँक्रीको विषयमा आयोगमा उजुरी परेको बताइएको छ । निर्वाचन आचारसंहीता लागू भएपछि सरकारी ओहोदामा बसेका कुनै पनि

ब्यक्तिले विदेश भ्रमणमा जाँदा आयोगको अनुमति लिनुपर्ने प्रावधान छ । अमेरिका भ्रमणमा जानुअघि मन्त्री झाँक्रीले आयोगसँग अनुमति लिएकी थिइनन् ।

‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन । उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा,

कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो’, आयोगले भनेको छ । मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो ।

प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ । मन्त्री झाँक्रीले आयोगले पठाएको

स्पष्टीकरणको जवाफसमेत दिएको आयोग स्रोतले बतायो । तर जवाफ आयोगले खोलिसकेको छैन । जवाफ चित्तबुझ्दो नभए आयोगले उनलाई बोलाएर स्पष्टीकरण सोध्न सक्नेछ ।

निर्वाचन आयोगले आयुक्त रामप्रसाद भण्डारीलाई आचारसंहिता अनुगमन र पालना हेर्ने जिम्मेवारी तोकेको छ । गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : मन्त्री झाक्री

हरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन्।

उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन्। आइतबार मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका

दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन्। सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ।

आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धनका केही नेताको अभिव्यक्ति अस्वाभाविक लागेको उनले संकेत गरेकी छन्।

उनले चेतावनीपूर्ण शैलीमा ‘एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ’ पनि भनेकी छन् । ‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन।

गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ। हाम्रा वार्ता, संवादमा केही दम्भ देखियो‘, उनले लेखेकी छन्,

‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ, एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय